जसले मेरो यो वुजु झैं वुजु गर्छ र केहि नबोलीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ
उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) का गुलाम हुमरानले बयान गरेका छन्, उनले उसमान लाई देखे कि उहाँ ले वुजु गर्नका लागि पानी मागे, भाँडोबाट पानी खन्याए र दुबै हातलाई तीन पटक धोए, त्यसपछि आफ्नो दाहिने हात पानीमा हाले । त्यसपछि मुख कुल्ला गरे, नाकमा पानी हालेर राम्रोसँग नाक…

