HadeethEnc · 1.59.0
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जस्तै वुजू गरेर देखाए
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
यह्या बिन उमारा अल-माजिनी ले बयान गरेका छन् : मैले अम्र बिन अबू हसनलाई अब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) सगँ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को वुजू गर्ने तरिका बारे सोधिरहेको देखें ।अब्दुल्लाह बिन जैदले पानीको एउटा भाँडो ल्याउन आदेश दिए र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जस्तै वुजू गरेर देखाए । उनले आफ्नो दुवै हातमा भाँडोको पानी खन्याए र तीन पटक हात धोए । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक मुख कुल्ला गरे, नाकमा पानी हाले र नाक सफा गरे । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक अनुहार धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर दुई पटक कुहिनो समेत दुवै हात धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर आफ्नो टाउकोको एक पटक मसह गरे (पानीले भिजेकोहात ले टाउको पुछ्नु, घस्नु) । टाउको मसह गर्दा पहिले दुवै हात टाउकोको अगाडिको भागबाट पछाडिको भागसम्म लगे र त्यसपछि पछाडिबाट अगाडि ल्याए । त्यसपछि उनले आफ्नो दुवै खुट्टा गोलीगाँठो सहित धोए ।
02
Explanation
अब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को वुजू गर्ने तरिका व्यावहारिक रूपमा प्रस्तुत गरे । त्यसो गर्न उनले पानीको एउटा सानो भाँडो ल्याउन भने । उनले सबैभन्दा पहिले भाँडोलाई अलिकति ढल्काएर हातमा पानी खन्याए र आफ्नो दुवै हत्केला तीन पटकसम्म भाँडाबाहिर पखालेर वुजू कार्यको सुरुवात गरे। त्यसपछि उनले भाँडोमा हात हालेर तीन पटक पानी लिए र प्रत्येक पटक मुख कुल्ला गर्नुका साथै नाकमा पानी तानेर राम्ररी सफा गरे । त्यसपछि उनले भाँडोबाट पानी लिएर आफ्नो अनुहार तीन पटक धोए । त्यसपछि उनले भाँडोबाट पानी लिएर दुवै हात कुहिनो समेत दुई पटक धोए । त्यसपछि उनले आफ्नो दुवै हात पानीमा भिजाए अनि दुवै हातले आफ्नो टाउको मसह गरे । टाउको मसह गर्दा पहिले आफ्नो निधारबाट शुरू गरे र टाउकोको पछाडि गर्धनको माथिल्लो भागसम्म लगे र त्यसपछि पछाडिबाट घस्दै सुरु गरेको ठाउँसम्म ल्याए । त्यसपछि उनले आफ्नो दुवै खुट्टा गोलीगाँठो सहित धोए ।
03
Benefits
ज्ञानलाई बुझ्ने र सुदृढ गर्ने सबैभन्दा उत्कृष्ट माध्यम शिक्षकको व्यवहार हो, जसमा व्यवहारिक रूपमा गरेर सिकाउने प्रक्रिया पनि समावेश हुन्छ ।
वुजू गर्दा केही अङ्गहरूलाई तीन पटकसम्म र केहीलाई दुई पटकसम्म धुन सकिने अनुमति छ, तर अनिवार्य (वाजिब) भने एक पटक मात्र धुनु हो।
यो हदीसमा उल्लेखित तरिका अनुसार क्रमशः एकपछि अर्को अङ्गलाई धुनु अनिवार्य छ ।
अनुहारको सीमा लम्बाइमा निधारमा कपालको जरादेखि दाह्री र चिउँडोको तल्लो भागसम्म र चौडाइमा एक कानदेखि अर्को कानसम्म हुन्छ।
वुजू गर्दा केही अङ्गहरूलाई तीन पटकसम्म र केहीलाई दुई पटकसम्म धुन सकिने अनुमति छ, तर अनिवार्य (वाजिब) भने एक पटक मात्र धुनु हो।
यो हदीसमा उल्लेखित तरिका अनुसार क्रमशः एकपछि अर्को अङ्गलाई धुनु अनिवार्य छ ।
अनुहारको सीमा लम्बाइमा निधारमा कपालको जरादेखि दाह्री र चिउँडोको तल्लो भागसम्म र चौडाइमा एक कानदेखि अर्को कानसम्म हुन्छ।
Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares

