उसलाई नमार। यदि तिमीले उसलाई मार्यौ भने, ऊ तिमीले उसलाई मार्न अघिको स्थितिमा फर्किनेछ र तिमी यो वाक्य उच्चारण गर्नु अघिको स्थितिमा फर्किनेछौ।
Choose an available translation of this Hadeeth
Hadeeth text
मिक्दाद बिन अम्रर अल् किन्दी (रजियल्लाहु अन्हु) द्वारा वर्णन गरिएको छ: उनले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भने: "हे अल्लाहका रसूल! यदि म कुनै काफिरसँग भेट गर्छु र हामी एकअर्कासँग लड्न थाल्छौं र उसले आफ्नो तरवारले मेरो एउटा हातमा प्रहार गर्छ र त्यसलाई काट्छ अनि मबाट बच्नको लागि उसले रूखको पछाडि लुक्छ र भन्छ, "मैले अल्लाहको लागि इस्लाम स्वीकार गरेको छु।" के मैले त्यसो भनेपछि पनि उसलाई मार्नु पर्छ? उहाँले भन्नुभयो, "उसलाई नमार।" मैले भने, "हे अल्लाहका रसूल! उसले मेरो एउटा हात काटेको छ र उसले यो कुरा मेरो हात काटे पछि भनेको हो । (के मैले उसलाई मार्नु हुँदैन?) उहाँले भन्नुभयो "उसलाई नमार। यदि तिमीले उसलाई मार्यौ भने, ऊ तिमीले उसलाई मार्न अघिको स्थितिमा फर्किनेछ र तिमी यो वाक्य उच्चारण गर्नु अघिको स्थितिमा फर्किनेछौ।"
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो: त्यसलाई नमार।
जवाफ सुनेपछि उसले भन्यो: हे अल्लाहका रसूल! उसले मेरो एउटा हात काटिदियो, यसका बाबजूद मैले उसलाई नमार्ने ?
उहाँले भन्नुभयो : उसलाई नमार, किनकि अब उसलाई मार्न निषेध गरिएको छ। यदि तपाईंले उसलाई मुस्लिम भइसकेपछि पनि मार्नुहुन्छ भने, उसलाई निर्दोष मानिनेछ किनभने ऊ मुस्लिम भइसकेको छ, जबकि उसलाई मार्दा किसास अनुसार तपाईंको आफ्नै रगत हलाल हुन्छ।
Benefits
जब कुनै काफिरले युद्धको समयमा इस्लाम धर्म अपनाउँछ, उसको रगत सुरक्षित हुन्छ र उसलाई मार्नबाट बच्नु आवश्यक हुन्छ। तर यदि मामिला विपरीत छ भने, त्यो फरक कुरा हो।
मुस्लिमले आफ्नो इच्छालाई शरियाको अधीनमा राख्नु अनिवार्य छ, घृणा र प्रतिशोध राख्नु हुँदैन ।
इब्न हजर भन्छन्: नघटेको घटनाबारे शरियाको फैसला सोध्न अनुमति छ भन्ने तर्क दिइएको छ। केही सलफ (धर्मी पुर्खा) हरूद्वारा यसलाई मन नपराउनुको अर्थ भनेको यो विरलै हुने कुरामा आधारित छ। तर सामान्य रूपमा हुने घटनाहरूबारे शरियाको दृष्टिकोण जान्नको लागि सोध्न सकिन्छ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

