افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3700[सही]
HadeethEnc · 1.59.0

यदि उसले सत्य बोलेको हो भने, ऊ निश्चय नै सफल हुनेछ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

तलहा बिन उबैदुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि नज्द (एक स्थान) का एकजना मानिस रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए। उनको कपाल जिङ्ग्रिङ्ग (अस्तव्यस्त) थियो। हामीले उनको आवाजको गुन्जन सुन्यौं तर उनी के भनिरहेका छन् त्यो बुझ्न सकिरहेका थिएनौं। जब उनी नजिक आए तब थाहा भयो कि उनी इस्लामको बारेमा सोध्दै थिए।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "दिन र रातमा पाँच नमाजहरू पढ्नु।"
उनले सोधे: "के ममाथि यो बाहेक अरू केही अनिवार्य छ?"
उहाँले भन्नुभयो: "छैन, तर यदि तिमीले स्वेच्छाले थप्न चाह्यौ भने नफल (अतिरिक्त) नमाज पढ्न सक्छौ।" त्यसैगरी "रमजानको रोजाहरू राख्नु अनिवार्य छ।"
उनले फेरि सोधे: "के ममाथि यो बाहेक अरू केही अनिवार्य छ?"
उहाँले भन्नुभयो: "छैन, तर तिमीले स्वेच्छाले (अतिरिक्त) रोजाहरू राख्न सक्छौ।"
त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई जकातको बारेमा बताउनुभयो।
उनले सोधे: "के ममाथि यो बाहेक अरू केही अनिवार्य छ?"
उहाँले भन्नुभयो: "छैन, तर यदि तिमीले स्वेच्छाले थप्न चाह्यौ भने अतिरिक्त दान दिन सक्छौ।"
त्यसपछि ती मानिस फर्किए र यसो भन्दै गए: "अल्लाहको कसम! म यसमा न त बढाउँछु, न घटाउँछु।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यदि उसले सत्य बोलेको हो भने, ऊ निश्चय नै सफल हुनेछ।"
02

Explanation

‘नजद’ बाट एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो, उसको कपाल जिङ्ग्रिङ्ग परेको थियो र उसको आवाज चर्को भएकोले उसले भनिरहेको कुरा बुझ्न गार्हो थियो । यहाँसम्म ऊ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक आयो र इस्लामको अनिवार्य कर्तव्यहरू बारे सोध्यो ?

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अनिवार्य नमाजका बारेमा बताउन सुरु गर्नुभयो र अल्लाहले दिन-रातमा पाँच नमाजहरू अनिवार्य गर्नुभएको कुरा जानकारी दिनुभयो।

उसले भन्यो: के मैले यी पाँच नमाज बाहेक अरू कुनै नमाजहरू पढ्न आवश्यक छ?

उहाँले भन्नुभयो: "छैन, तर नफल (अतिरिक्त) नमाज पढ्न सक्छौ ।"

त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: अल्लाहले तिमीमाथि अनिवार्य गर्नुभएको कर्तव्यहरू मध्ये रमजान महिनाको रोजा राख्नु हो ।

व्यक्तिले फेरि भन्यो: के म माथि रमजानको रोजा बाहेक अरु कुनै रोजा राख्नु अनिवार्य छ ?

उहाँले भन्नुभयो: छैन, तर नफल (अतिरिक्त) रोजाहरू राख्न सक्छौ ।

त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातको बारेमा बताउनु भयो ।

व्यक्तिले भन्यो: के मैले अनिवार्य जकात पछि कुनै दान गर्नु पर्छ?

उहाँले भन्नुभयो: छैन, तर अतिरिक्त दान दिन सक्छौ ।

उसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट यी अनिवार्य कुराहरु सुनेपछि फर्किएर जान लाग्यो र अल्लाहको कसम खाएर भन्यो : "म यी कुराहरूमा केही थपघट नगरी पालना गर्नेछु।" यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यदि ऊ आफ्नो भनाइमा सच्चा छ भने, ऊ सफल हुनेछ।"
03

Benefits

यसमा इस्लामी कानूनको सहजता तथा दायित्व वहन गर्ने व्यक्तिहरूप्रति यसले प्रदान गरेको सरलता र सुगमताको स्पष्ट व्याख्या गरिएको छ।
यसबाट नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उत्कृष्ट आचरण स्पष्ट देखिन्छ कि, उहाँले त्यस व्यक्तिलाई आफू नजिक आउन र प्रश्नहरू सोध्न मौका दिनुभयो।
यसमा अल्लाहतर्फ आह्वान दिँदा सबैभन्दा महत्वपूर्ण विषयबाट सुरु गरी क्रमशः अन्य महत्वपूर्ण विषयतर्फ जाने तरिका बारे बताइएको छ।
इस्लाम आस्था र कर्म दुवैको सम्मिश्रण हो, आस्था बिना कर्म उपयोगी हुँदैन, र कर्म बिना आस्था पनि फलदायी हुँदैन।
यसमा यी कर्महरूको महत्त्व र तिनीहरू इस्लामका स्तम्भहरू हुन् भन्ने कुरा स्पष्ट गरिएको छ।
जुमा (शुक्रबार) को नमाज पाँच अनिवार्य नमाजहरूमा समावेश छ; किनकि जुन व्यक्तिमाथि जुहरको नमाज पढ्नु अनिवार्य हुन्छ, उसले त्यो दिन त्यस नमाजको बदला जुमाको नमाज पढ्नुपर्छ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ‘तौहीद’ पछि इस्लामको सबैभन्दा महत्वपूर्ण विषय—नमाज—बाट आफ्नो शिक्षाण प्रारम्भ गर्नुभयो, किनकि प्रश्नकर्ता मुस्लिम थिए। साथै, उहाँले हजको बारेमा केही उल्लेख गर्नुभएन, किनकि त्यो समय हज फर्ज भएको थिएन वा यसको समय पनि आएको थिएन।
यदि मानिस शरीअतका अनिवार्य कर्महरूमा मात्र सीमित रह्यो भने पनि ऊ सफल हुन्छ, तर यसको अर्थ यो होइन कि नफल (स्वेच्छिक उपासना) गर्नु सुन्नत होइन; बरु, नफल कर्महरूले कियामतको दिन फर्जहरूमा भएका कमीहरूलाई पूरा गर्नेछन्।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...