افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#4303[सम्पूर्ण तुरुक (सिलसिला) ले गर्दा सही हो]
HadeethEnc · 1.59.0

“तिमीले मसित एउटा गंभीर प्रश्न सोध्यौ र यो उसको लागि मात्र सहज हुन्छ, जसका लागि अल्लाह सजिलो बनाइ दिनु हुन्छ ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

मुआज बिन जबल (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एउटा यात्रामा म अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) को साथमा थिएँ । हिँड्दा हिँड्दा एक दिन म उहाँको नजिक भएँ, अनि मैले भनेँ : हे अल्लाहका रसूल ! मलाई जन्नतमा प्रवेश गर्ने र जहन्नमदेखि टाढा राख्ने कर्म बताइ दिनु होस् । उहाँले भन्नुभयो : “तिमीले मसित एउटा गंभीर प्रश्न सोध्यौ र यो उसको लागि मात्र सहज हुन्छ, जसका लागि अल्लाह सजिलो बनाइ दिनु हुन्छ । अल्लाहको उपासना गर र उहाँका साथमा कसैलाई साझी न बनाऊ । नमाज़ कायम गर । जकात देऊ, रमजानको महिनाका रोजा ( ब्रत) बस र अल्लाहको घरको हज गर।" फेरि उहाँले भन्नुभयो : "के म तिमीलाई भलाई (कल्याण) का ढोकाहरूको बारेमा न बताऊँ ? रोज़ा ढाल हो र दानले पापहरू निभाइ दिन्छ, जसरी पानीले आगोलाई निभाउछ र मान्छेको रातिमा पढेको नमाज ।" तत्पश्चात् उहाँले यो आयत पढ्नु भयो :
"तिनीहरू आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन्। तिनीहरू आफ्ना रबलाई भय एवं आशाका साथ पुकार्ने गर्छन् र हामीले प्रदान गरेका चिजहरूबाट खर्च गर्ने गर्छन् र, कसैलाई उनीहरूले गर्ने गरेको कर्मको प्रतिदानस्वरूप उनीहरूका लागि कस्तो नेत्र–शीतलता गोप्य राखिएको छ भन्ने कुरा थाहा छैन ।"
फिरि उहाँले भन्नुभयो : " के म तिमीलाई दीन (इस्लाम) को आधार र उसको स्तम्भ र उसको शिर न बताइ दिऊँ ? मैंले भनेँ : अवश्य, बताइ दिनु होस् हे अल्लाहका रसूल ! उहाँले भन्नुभयो : दीनको आधार इस्लाम हो, यसका स्तम्भ नमाज हो र यसको शिर जिहाद हो।" त्यसपछि उहाँले भन्नुभयो : "के म तिमीलाई यसको सार न बताऊँ ?" मैँले भनेँ : अवश्य, बताइ दिनु होस् हे अल्लाहका रसूल ! उहाँले आफ्नो जिब्रो समातेर भन्नुभयो: "यसलाई थामेर राख" मैले भनेँ : हे अल्लाहका नबी ! के हामीले जो बोलेका हुन्छौँ, त्यसमा पनि हाम्रो पकड़ होला ? उहाँले भन्नुभयो : "मुआज! तिम्रो आमाले तिमीलाई हराओस् ! (वा तिम्रो आमालाई तिमीमाथि रुन परोस्) मान्छेहरूलाई उनीहरूको मुख घोप्ट्याएर वा उनीहरूको नाक घोप्ट्यार आगोमा फाल्ने उनीहरूको जिब्रोका कारणले नै त हो ।
02

Explanation

मुआज (रजियल्लाहु अन्हु) ले भन्नुभयो: एक यात्रामा म नबी (सल्लल्लाहु अलैहि व सल्लम) को साथमा थिएँ र एक दिन म उहाँसँग नजिक भएँ जब हामी हिँडि रहेका थियौं । अत: मैले भनेँ: हे अल्लाहका रसूल ! मलाई जन्नत (स्वर्ग) लैजाने र नरकबाट टाढा राख्ने कुरा बताइ दिनुहोस् । उहाँले भन्नुभयो : तिमीले मसित एउटा महान् कामका बारेमा सोध्यौ जो मनको लागि भारी हुन्छ । तर अल्लाहले साथ दिनु भयो भने सजिलो पनि हुन्छ । इस्लामका फराइज (अनिवार्य कर्म) हरू पुरा गर ।

अल्लाहको उपासना गर र उहाँका साथमा कसैलाई साझी न बनाऊ ।

दोस्रो : तिमीले दिन रातमा अनिवार्य गरिएका नमाज़ कायम गर । फजर, जोहर, असर, मग्रिब र इशा तिनका शर्त र आधार एवं वाजिबहरूका साथ।"

तेस्रो: तिमीले अनिवार्य जकात निकाल, जुन इस्लामिक कानूनमा निश्चित मात्रामा पुग्ने सबै सम्पत्तिमा अनिवार्य हुन्छ र यो यसको हकदारहरूलाई दिइन्छ।

चौथो: रमजानको रोजा राख, रोजा भनेको उपासनाको मनसायले खानु पिउनु र यस बाहेक रोजा तोड्ने अन्य चीजहरूबाट बिहान सूर्योदय देखि सूर्यास्तसम्म रोकिनु हो ।

पाँचौं: तपाईंले अल्लाहको उपासनाका लागि अल्लाहको घर मक्का जानु र हजका अर्कान ( गर्नु पर्ने अनिवार्य कामहरू) पूरा गर्नु ।

फेरि उहाँले भन्नुभयो: के म तिमीलाई भलाइको ढोकामा पुर्‍याउने माध्यमहरूको बारेमा न बताउँ ? यो ती फर्जहरू र नफ्लहरू पुरा गरेर हुन्छ :

पहिलो: स्वैच्छिक (नफ्ल) उपवास, यसले मनोकांक्षाहरू र शक्तिलाई कमजोर बनाएर पापहरूमा पर्नबाट रोक्छ ।

दोस्रो: स्वैच्छिक दान यसले पाप गरि सकेपछि त्यसलाई हटाउँछ र यसको प्रभावलाई मेटाउँछ।

तेस्रो: रातको अन्तिम तिहाइमा तहज्जुदको नमाज पढ, त्यसपछि उहाँले, अल्लाह तआलाको यो कथन पढ्नु भयो: {तिनीहरू आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन् } अर्थात्, तिनीहरूले आफूलाई {ओछ्यानबाट} टाढा राख्ने गर्छन् । आराम गर्ने ठाउँहरूबाट, {उनीहरूले पुकारेका हुन्छन् आफ्ना पालनकर्तालाई} नमाज र दुआ जिक्र र कुरआन पढेर {डर र आशाका साथ र हामीले उनीहरूलाई दिएका कुराहरूबाट खर्च गर्दछन्, त्यसैले कसैलाई थाहा छैन तिनीहरूको आँखामा शितलताका लागि के लुकाएर राखिएको छ} अर्थात् यस्ता चिजहरू जसले उनीहरूको आँखा शितल होलान् कयामतका दिन सदा रहने वाला जन्नतमा । {बदलाको रुपमा उनीहरूका कर्महरूको जो उनीहरूले गरेका हुन् ।}

तब उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: के म तिमीलाई {दीन} धर्मको असल बारेमा बताइदिउँ र त्यसको स्तम्भ जसमा यो निर्भर छ ? अनि यसको शिरका बारेमा न बताइदिउँ ?

मुआज (रजियल्लाहु अन्हु) ले भन्नुभयो : (जरूर) बताउनुहोस् , हे अल्लाहका रसूल !

नबी, (सल्लल्लाहु अलैहि व सल्लम) ले, भन्नुभयो: कार्यको मूल आधार इस्लाम हो, जुन शाहदतैन (दुई कलिमा) मा समेटिएको छ। यी दुई कलिमाको माध्यमबाट व्यक्तिसँग धर्मको मूल सार रहन्छ। त्यसको स्तम्भ : नमाज हो । नमाज नभए इस्लाम हुँदैन । जसरी स्तम्भ बिना घरको कल्पना गर्न सकिदैन । अत: जसले नमाज पढ्छ उसको दीन (धर्म) दर्हो हुन्छ र उच्च हुन्छ । यसरी नै यसको जुरोको टुप्पो र यसको उच्चता अल्लाहको बोल उच्च गर्नका निमित्त अल्लाहका शत्रुहरूका साथमा जिहादद्वारा हुन्छ ।

त्यसपछि (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : के म तिमीलाई बितेका कुराहरूको बुद्धिमत्ता र पूर्णताको बारेमा नभनूँ? उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो जिब्रो समात्नु भयो र भन्नुभयो : यसलाई रोकेर राख र तिम्रो सरोकार नभएको कुरा न बोल । मुआज (रजियल्लाहु अन्हु) ले भन्नुभयो : के हामीले बोलेका हरेक कुरामा हामीलाई हाम्रा रब (पालनकर्ता ) ले पकड गर्नु हुन्छ र हिसाब लिनु हुन्छ र सजाय दिनु हुन्छ ?।

उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "तिमीलाई तिम्रो आमाले हराओस् ।" यो वाक्यले श्राप दिएको भनिदैन । अरबहरू यस्तो शब्दको प्रयोग कुनै यस्तो कुरालाई जसबाट सावधान हुनु पर्ने थियो तर सावधान नभए र वा थाहा पाउने पर्ने तर थाहा नभएको रहेछ भने भन्ने गर्छन् । फेरि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : मान्छेहरूलाई मुख घोप्ट्याएर जहन्नम (नरक) मा फ्यालिने कारण यही हो कि उनीहरू आफ्नो मुखले कुफ्रका वाक्यहरू बोल्ने गर्थे । गाली गलौच, कुरा काट्नु, कुरा लगाउनु र लाञ्छना लगाउनु आदि गर्ने गर्छन् ।
03

Benefits

सहाबीहरूको ज्ञान आर्जनका बारेमा जिज्ञासा, यसैका कारण उनीहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सित बारम्बार सोध्ने गर्थे ।
सहाबीहरूको फिक्ह (ज्ञानलाई बुझ्नु) : किनभने उनीहरूलाई यो कुराका बारेका थाहा थियो कि आमाल (कर्महरू) नै जन्नत (स्वर्ग) मा प्रवेश गराउने माध्यम हुन् ।
मुआज (रजियल्लाहु अन्हु) द्वारा गरिएको प्रश्न अति नै महान् प्रश्न हो । किनभने यो जीवनको भेद हो । त्यसैले यो संसारमा भएका चाहे मानव जात हुन् वा जिन्न, उनीहरूको अन्तिम नतिजा भनेको या त जन्नत हो वा आगो (नर्क) । त्यसैले यो प्रश्न महत्वपूर्ण हो ।
इस्लामका पाँच आधारभूत कुराहरूको पालनाको प्रतिफल भनेको जन्नतमा प्रवेशको सौभाग्य प्राप्त हुनु हो । यी पाँच आधारहरू यी हुन् । दुइ गवाही (शहादतैन), नमाज, जकात ,रोजा र हज ।
धर्मको मूल, सबैभन्दा मूल्यवान कार्य र उच्चतम कर्तव्य अल्लाहको एकता (तौहीद) हो, जसमा केवल उहाँको उपासना गरिन्छ र उहाँसँग कुनै साझेदार मानिंदैन।
आफ्ना सेवकहरूप्रति अल्लाहको दया यो हो कि उहाँले तिनीहरूका लागि भलाइका ढोकाहरू खोल्नुभएको छ ताकि तिनीहरूले इनाम र पापहरूको क्षमा प्राप्त गर्न सकून्।
फर्ज पूरा गरेपछि नवाफिल (अतिरिक्त कर्महरू) द्वारा अल्लाहको निकटता हासिल गर्ने महत्व ।
नमाज इस्लाममा त्यस्तै स्थान राख्छ जस्तो स्तम्भले पाललाई थाम्छ। यदि नमाज हरायो भने इस्लाम समाप्त हुन्छ, जसरी स्तम्भ ढलेपछि पाल लड्छ।
धर्म (इस्लाम) लाई नोक्सान पुर्याउने हरेक कुराबाट मुख जोगाउनु पर्ने आवश्यकता ।
मुख जोगाउनु हरेक कल्याणको जरो हो ।

Attribution

[तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...