HadeethEnc · 1.59.0
जसले राम्ररी वुजू गर्छ र त्यसपछि एकाग्रचित्त भएर दुई रकात नमाज पढ्छ, उसका लागि स्वर्ग अनिवार्य हुन्छ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
उकबा बिन आमिर (रजीअल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, उहाँ भन्नुहुन्छ: हामीमाथि ऊँटहरूको हेरचाह गर्ने जिम्मेवारी थियो। जब मेरो पालो आयो, मैले साँझपख ऊँटहरू चराएर फर्काएँ र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मानिसहरूसँग उभिएर कुरा गरिरहनुभएको अवस्थामा पाएँ। उहाँको कुराबाट मैले यो वाक्य सुनेँ: "जसले राम्ररी वुजू गर्छ र त्यसपछि एकाग्रचित्त भएर दुई रकात नमाज पढ्छ, उसका लागि स्वर्ग अनिवार्य हुन्छ। " उनी भन्छन्, मैले भनेँ: "यो कति राम्रो कुरा हो!" यो सुनेर एक व्यक्तिले मलाई भन्नुभयो: "यसभन्दा अघि भनिएका कुराहरू योभन्दा अझ उत्तम थिए।" मैले हेर्दा उहाँ उमर (रजियल्लाहु अन्हु) हुनुहुन्थ्यो। उहाँले भन्नुभयो: "मैले तिमीलाई भर्खरै आएको देखेको थिएँ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'तिमीहरू मध्ये जसले पूर्ण रूपमा वुजू गर्छ र त्यसपछि "अश्हदु अल्ला इलाह इल्लल्लाहु व अन्न मुहम्मदन् अब्दुल्लाहि व रसूलुह्" भन्छ, उसका लागि स्वर्गका आठै ढोकाहरू खोलिनेछन् र उसले चाहेको ढोकाबाट प्रवेश गर्न सक्नेछ।'"
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूसँग कुरा गर्दा दुई महान गुणहरू बताउनुभयो:
पहिलो: जसले सुन्नत अनुसार राम्रोसँग वुजू गर्छ र प्रत्येक अङ्गलाई पूर्ण रूपमा धुन्छ, अनि त्यसपछि भन्छ: ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु व अन्न मुहम्मदन् अब्दुल्लाहि व रसूलुह्’; उसका लागि स्वर्गका आठवटै ढोकाहरू खोलिनेछन् र उसले आफूले चाहेको ढोकाबाट प्रवेश गर्न सक्छ ।
दोस्रो: जसले पूर्ण तरिकाले वुजू गर्छ, त्यसपछि हृदयलाई पूर्ण निष्कपटता (इख्लास) र विनम्रता (खुशू) का साथ केन्द्रित गरेर दुई रकअत नमाज पढ्छ र आफ्नो अनुहार तथा शरीरका सबै अंगहरूद्वारा अल्लाह सामु झुक्छ र विनयी हुन्छ; उसको लागि स्वर्ग अनिवार्य हुन्छ।

03
Benefits
सानो कर्मको बदलामा महान् प्रतिफल (इनाम) प्रदान गर्नु अल्लाहको ठूलो कृपा हो।
यसमा विधिपूर्वक पूर्ण वुजू गर्ने र त्यसपछि पूर्ण एकाग्रता र विनम्रता का साथ दुई रकात नमाज पढ्ने तथा यसबाट प्राप्त हुने महान् प्रतिफल बारे वर्णन गरिएको छ।
राम्रोसँग वुजू गरेपछि उक्त दुआ पढ्नु स्वर्गमा प्रवेश गर्ने कारणहरू मध्ये एक हो ।
स्नान गरेे पश्चात् पनि यो दुआ पढ्नु मुस्तहब (पुण्यदायी) हो।
यसबाट सहाबाहरूको सत्कर्मप्रतिको उत्कट अभिरुचि र लगनशीलता स्पष्ट रूपमा प्रकट हुन्छ—विशेष गरी ज्ञान आर्जन गर्ने, त्यसको प्रचार–प्रसार गर्ने, त्यसमा पारस्परिक सहयोग गर्ने तथा जीविकोपार्जनसम्बन्धी कार्यहरूमा।
वुजूपछि गरिने जिक्र (अल्लाहको स्मरण) मा हृदयलाई शिर्कबाट मुक्त गरी शुद्ध बनाउने अर्थ समावेश छ, जसरी वुजू गर्ने कार्यमा शरीरलाई फोहोरबाट पवित्र र स्वच्छ बनाइन्छ।

Attribution
[मुस्लिमले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares