HadeethEnc · 1.59.0
नबी (सल्लल्लाहु अलैहि वसल्लम) एक ‘साअ’ देखि पाँच ‘मुद’ सम्म पानीले नुहाउनुहुन्थ्यो र एक ‘मुद’ पानीले वुजू गर्नुहुन्थ्यो ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनी भन्छन्: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) एक ‘साअ’ देखि पाँच ‘मुद’ सम्म पानीले नुहाउनुहुन्थ्यो र एक ‘मुद’ पानीले वुजू गर्नुहुन्थ्यो ।"
02
Explanation
'साअ' : चार ‘मुद’ लाई एक 'साअ' भनिन्छ र औसत व्यक्तिको दुवै हत्केलामा अटाउने जति परिमाणलाई एक मुद भनिन्छ ।
03
Benefits
नुहाउदा र वुजू गर्दा कम पानी खर्च गर्नु मुस्तहब हो र पानी जति भए पनि खेर फाल्नु वा बर्बाद गर्नु हुँदैन ।
वुजू र स्नान गर्दा आवश्यकताअनुसार पानीको कम प्रयोग गर्नु मुस्तहब (पुण्यदायी) हो, र यो नै नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मार्गदर्शन र तरिका हो।
यसको तात्पर्य सुन्नत र शिष्टाचारहरूको पूर्ण पालना गर्दै वुजू तथा स्नानलाई विधिपूर्वक सम्पन्न गर्नु हो। यसमा न त पानी अत्यधिक खर्च गर्ने, न त कुनै कमी गर्ने; साथै समय, परिस्थिति र पानीको उपलब्धता जस्ता पक्षहरूलाई समेत मध्यनजर राख्नु आवश्यक हुन्छ।
जनाबत भन्नाले सम्भोग वा वीर्य स्खलन पछिको अवस्थालाई जनाउँछ । यस्तो अवस्थामा शुद्ध नभएसम्म नमाज र उपासनाहरू गर्नु निषेध हुन्छ।
‘साअ’ एक प्रसिद्ध मापन एकाइ हो। यहाँ ‘साअ’ भन्नाले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को ‘साअ’ लाई जनाउँछ, जसको परिमाण राम्रो गहुँको तौलअनुसार (सावधानीपूर्वक विचार गर्दा) २६०० देखि ३००० ग्राम र लिटरमा ३ लिटर हुन्छ।
'मुद्' शरियत अनुसार मापनको एउटा एकाइ हो। मध्यम शारीरिक बनावट भएको व्यक्तिले आफ्ना दुवै हत्केलालाई जोडेर भर्दा जति परिमाण अटाउँछ, त्यसलाई नै 'मुद्' भनिन्छ। इस्लामी धर्मशास्त्रविद् (फुकहा) हरूको सर्वसम्मतिअनुसार, यो ‘साअ्’ को एक-चौथाइ भाग हो, जसको (आधुनिक परिमाण) करिब ७५० मिलिलिटर बराबर हुन्छ।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares