तिम्रो बोली सधैं अल्लाहको स्मरण र जिक्रमा तल्लीन रहोस्।
Choose an available translation of this Hadeeth
Hadeeth text
अब्दुल्लाह बिन बुस्र (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र भने: "हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! इस्लामका नियम र कर्तव्यहरू हाम्रा लागि अत्यधिक भएका छन्, त्यसैले हामीलाई कुनै यस्तो एउटा मूल सिद्धान्त बताइदिनुहोस्, जसको पालना हामीले दृढतापूर्वक गर्न सकौँ।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिम्रो बोली सधैं अल्लाहको स्मरण र जिक्रमा तल्लीन रहोस्।" अर्को हदीसमा, मुआज बिन जबल (रजियल्लाहु अन्हु) बाट वर्णित छ: मैले रसूल अल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) सँग अन्तिम विदा लिँदा सोधेँ, "कुन कार्य सबैभन्दा उत्कृष्ट र अल्लाहको सबैभन्दा नजिक पुर्याउने कार्य हो?" उहाँले भन्नुभयो: "मृत्यु हुने समयसम्म तिम्रो बोलि सर्वोच्च र महान अल्लाहको स्मरण (जिक्र) मा तल्लीन रहोस्।"
Explanation
सो अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई यसको तरिका बताउनु भयो, निरन्तर मुखमा अल्लाह जिक्र होस् र हरेक अवस्था र हालतमा अल्लाहको याद होस्; जिक्रमा सुब्हानल्लाह, अल्हम्दुदिल्लाह, अस्तग्फिरुल्लाह आदि दुआहरू ।
Benefits
इनाम र कल्याण (भलो) कमाउने माध्यमहरू सहज बनाउनु अल्लाहको ठूलो आशीर्वाद हो।
भलाई र पुण्यका कामहरूमा मानिसहरू फरक-फरक हुन्छन्।
धेरै भन्दा धेरै र मन लगाएर सुब्हानल्लाह, अल्हम्दुदिल्लाह, ला इलाह इल्लाल्लाह, अल्लाहु अक्बर आदि भन्नु कैयौँ नफील उपासनाहरू भन्दा उत्तम हुन्छ ।
उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रश्नकर्तालाई उपयुक्त हुने कुरा ध्यानमा राखेर जवाफ दिनु ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

