افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3575[सही]
HadeethEnc · 1.59.0

के म तिमीहरूलाई तिम्रो सबैभन्दा उत्तम कर्म, तिम्रो पालनकर्ताको नजरमा सबैभन्दा प्रशंसनीय, तिम्रो दर्जालाई उच्च पार्ने

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के म तिमीहरूलाई तिम्रो सबैभन्दा उत्तम कर्म, तिम्रो पालनकर्ताको नजरमा सबैभन्दा प्रशंसनीय, तिम्रो दर्जालाई उच्च पार्ने, सुन र चाँदी दान गर्नुभन्दा उत्तम, र शत्रुसँगको भेटमा तिमीले उनीहरूको र उनीहरूले तिम्रो घाँटीमा प्रहार गर्नुभन्दा पनि उत्कृष्ट कर्मको बारेमा नबताऊँ? सहाबाहरूले भने: 'अवश्य बताउनुहोस्।' उहाँले भन्नुभयो: 'अल्लाहको अत्यधिक जिक्र (स्मरण) गर्नु।'"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबा (साथी) हरूलाई सोध्नुभयो:

के तिमीहरू चाहन्छौ कि म तिमीहरूलाई सबैभन्दा उत्तम, सबैभन्दा प्रतिष्ठित, सबैभन्दा बढी प्रतिफल दिने र महान् अल्लाहको नजरमा सबैभन्दा पवित्र तथा शुद्ध कर्महरूको बारेमा बताऊँ?

जसले स्वर्गमा तिमीहरूको दर्जालाई उच्च पार्ने छ ?

र जुन सुन चाँदी दान दिनु भन्दा राम्रो र उत्तम हो?

साथै, काफिरहरूसँग युद्ध गर्न र तिमीहरूले तिनीहरूको र तिनीहरूले तिमीहरूको घाँटीमा प्रहार गर्नु भन्दा उत्कृष्ट हो?

सहाबाले भने : हो, हामी जान्न चाहन्छौं ।

उहाँले भन्नुभयो: सबैभन्दा उत्तम र सर्वोत्कृष्ट कर्म भनेको हरेक समय, हरेक अवस्था र परिस्थितिहरूमा अल्लाहको जिक्र (स्मरण) गर्नु र सम्झनु हो ।
03

Benefits

वचन र मननद्वारा अल्लाहको निरन्तर जिक्र (स्मरण) गर्नु उहाँको निकटता प्राप्त गर्ने सबैभन्दा ठूलो र लाभदायक कर्म हो।
अल्लाहको जिक्र (स्मरण) स्थापित गर्नका लागि नै सबै कर्महरू निर्धारित गरिएका हुन्। अल्लाहले भन्नुभएको छ: "मेरो जिक्र (स्मरण) का लागि नमाज स्थापना गर।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: " 'काबा'को तवाफ, ’सफा र मरवाह’ बीच परिक्रमा गर्नु र ’जमरात’मा ढुङ्गा हान्नु भनेको सर्वशक्तिमान अल्लाहको जिक्र (स्मरण) स्थापित गर्नका लागि नै हो।" (अबू दाउद र तिर्मिजी)
अल-इज् बिन अब्दुस्सलामले आफ्नो पुस्तक ‘अल-कवाइद’ मा भनेका छन्: "यो हदीस यस कुराको प्रमाण हो कि सबै उपासनाहरूमा प्रतिफल केवल मेहनत र कष्टको मात्रामा मात्र निर्भर हुँदैन, बरु कहिलेकाहीँ महान् अल्लाहले धेरै कर्मको तुलनामा थोरै कर्मको प्रतिफल बढी प्रदान गर्नुहुन्छ । वास्तवमा, प्रतिफल कर्महरूको दर्जा र श्रेष्ठताको आधारमा निर्धारित हुन्छ।"
अल-मनावीले 'फैजुल-कदीर' मा भनेका छन्: "यो हदीसलाई यस अर्थमा बुझिनुपर्छ कि त्यस समयमा उपस्थित व्यक्तिहरूका लागि अल्लाहको स्मरण (जिक्र) नै उत्तम थियो। तर यदि यो सम्बोधन कुनै यस्तो साहसी र बहादुर व्यक्तिका लागि भएको भए—जसको सहभागिताले इस्लामलाई युद्धमा लाभ पुगिने थियो—भने उनलाई जिहादको आदेश दिइन्थ्यो। त्यसैगरी, धनी व्यक्ति—जसको धनले गरिबहरूलाई सहायता पुगिने थियो—उनलाई सद्का गर्न भनिन्थ्यो। जो हज गर्न सक्षम थिए, उनलाई हजको निर्देश दिइन्थ्यो र जसका आमा-बुबा जीवित थिए, उनलाई उहाँहरूको सेवा गर्न प्रेरित गरिन्थ्यो। यसरी विभिन्न हदीसहरूमा आएका भिन्न-भिन्न सन्देशहरूलाई सही तरिकाले मिलाएर बुझ्न सकिन्छ।"
सबैभन्दा पूर्ण जिक्र त्यो हो, जुन हृदयको गहिरो चिन्तन-मननसहित वचनद्वारा हुन्छ। त्यसपछि हृदयबाट मात्र गरिने जिक्रको स्थान आउँछ, जस्तै—चिन्तन र मनन। त्यसपछि केवल वचनद्वारा गरिने जिक्र आउँछ। र, यी सबै प्रकारका जिक्रमा महान् अल्लाहको कृपाले प्रतिफल प्राप्त हुन्छ।
एक मुस्लिमले अवस्थाअनुसार निर्धारित जिक्रहरूको पालना गर्नाले—जस्तै: बिहान-बेलुका, मस्जिदमा प्रवेश गर्दा र निस्कँदा, घरमा पस्दा र निस्कँदा, तथा शौचालय जाँदा र निस्कँदा पढिने जिक्रहरू— अल्लाहको अत्यधिक स्मरण गर्ने व्यक्तिहरूमध्ये हुन्छ।

Attribution

[तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...