افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3007[सही]
HadeethEnc · 1.59.0

मैले तिमीहरूमाथि शंका गरेर कसम खुवाएको होइन, तर वास्तविकता यो हो कि म कहाँ जिब्रील (अलैहिस्सलाम) आउनुभयो र मलाई भन्नुभयो कि अल्लाहले फरिश्ताहरू (स्वर्गदूतहरू) को सामु (यसै सत्कर्मको कारणले) तपाईंहरूप्रति गर्व गरिरहनुभएको छन्।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गर्नुभएको छ कि मुआविया (रजियल्लाहु अन्हु) मस्जिदमा मानिसहरूको एक समूहकहाँ आउनुभयो र सोध्नुभयो: "तपाईंहरू यहाँ किन बसिरहनुभएको छ?"
उनीहरूले भने: "हामी अल्लाहको स्मरण (जिक्र) गर्न बसेका छौं।"
मुआविया (रजियल्लाहु अन्हु) ले भन्नुभयो: "मलाई कसम खाएर भन्नुहोस्, के तपाईंहरू केवल जिक्रको लागि नै बसिरहनुभएको छ?"
मानिसहरूले भने: "अल्लाहको कसम, हामी यहाँ अल्लाहको स्मरणकै लागि बसेका छौं।" मुआविया (रजियल्लाहु अन्हु) ले भन्नुभयो: "मैले तपाईंहरू माथि अविश्वास गरेर वा शंका गरेर कसम खान लगाएको होइन। नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मेरो निकटता भए तापनि, उहाँबाट मभन्दा कम हदीसहरू वर्णन गर्ने अरू कोही छैन होला: नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना सहाबाहरू (साथीहरू) को समूहमा आउनुभयो र सोध्नुभयो: "तिमीहरू यहाँ किन बसिरहेका छौ?" सहाबाहरूले जवाफ दिए: "हामी यहाँ अल्लाहको स्मरण गर्न र उहाँको प्रशंसा गर्न बसेका हौँ, जसले हामीलाई इस्लामको मार्गदर्शन दिनुभयो र हामीलाई इस्लाम (जस्तो धर्म) प्रदान गर्नुभयो।" उहाँले भन्नुभयो: "कसम खाएर भन, के तिमीहरू साँच्चै यही उद्देश्यका लागि बसिरहेका छौ?" उनीहरूले भने: "अल्लाहको कसम, हामी यही उद्देश्यका लागि बसेका हौँ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मैले तिमीहरूमाथि शंका गरेर कसम खुवाएको होइन, तर वास्तविकता यो हो कि म कहाँ जिब्रील (अलैहिस्सलाम) आउनुभयो र मलाई भन्नुभयो कि अल्लाहले फरिश्ताहरू (स्वर्गदूतहरू) को सामु (यसै सत्कर्मको कारणले) तपाईंहरूप्रति गर्व गरिरहनुभएको छन्।"
02

Explanation

मुआविया बिन अबी सुफयान (रजियल्लाहु अन्हुमा) मस्जिदमा एउटा हल्का (समूह) तिर आउनुभयो र तिनीहरूसँग सोध्नुभयोः तिमीहरू कुन कुराको लागि भेला भएका छौ ? तिनीहरूले भने: हामी अल्लाहलाई याद (जिक्र) गर्न बसेका छौं । उनले यो सुनेर तिनीहरू अल्लाहलाई याद (जिक्र) गर्न बसिरहेका छन् भन्ने कुराको लागि कसम खान लगाए । र तिनीहरूले त्यसकुरा प्रति कसम खाए । त्यसपछि मुआविया (रजियल्लाहु अन्हु) ले भन्नुभयो, "मैले तपाईंहरूको सत्यतामाथि शंका गरेर वा तपाईंहरूलाई झुटो ठानेर कसम खान भनेको होइन।" साथै, उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग उहाँको जस्तो घनिष्ठता र पद अरू कसैको नभएको बताउनुभयो; किनभने उहाँकी बहिनी उम्मे हबीबा (रजियल्लाहु अन्हा) नबी (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी हुनुहुन्थ्यो र उहाँ स्वयं 'वही' (ईश्वरीय प्रकाश) का लेखकहरूमध्ये एक हुनुहुन्थ्यो। यति हुँदाहुँदै पनि, उहाँले धेरै कम हदीसहरू वर्णन गर्नुभएको छ। त्यसपछि मुआविया (रजियल्लाहु अन्हु) ले उनीहरूलाई बताउनुभयो कि "एक दिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) घरबाट बाहिर निस्कनुभयो र उहाँहरूलाई (सहाबीहरूलाई) मस्जिदमा बसेर अल्लाहको स्मरण गरिरहेको र इस्लामको मार्गदर्शन प्रदान गर्नुभएकोमा अल्लाहको प्रशंसा गरिरहेको अवस्थामा भेट्टाउनुभयो। तब उहाँले आफ्ना सहाबीहरूलाई पनि त्यसरी नै सोध्नुभयो र कसम लिनुभयो, जसरी मुआविया (रजियल्लाहु अन्हु) ले सोध्नुभएको र कसम लिनुभएको थियो। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबीहरूसँग गर्नुभएको प्रश्न र कसम खान लगाउनुको कारण खुलाउँदै भन्नुभयो: जिब्रील (अलैहिस्सलाम) मकहाँ आएर भन्नुभयो: अल्लाहले स्वर्गदूतहरूको अगाडि ती सहाबीहरूको उत्कृष्टता बताउँदै र उनीहरूका असल कार्यहरू देखाउँदै उनीहरूप्रति गर्व गरिरहनुभएको छ।
03

Benefits

यस हदीसबाट मुआविया (रजियल्लाहु अन्हु) को उत्कृष्टता र ज्ञान फैलाउने क्रममा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पाइला पछ्याउने उत्सुकता प्रस्ट हुन्छ ।
यदि कसम खुवाउने उद्देश्य केवल उक्त समाचारको गम्भीरता र महत्त्वतर्फ ध्यानाकर्षण गराउनु मात्र हो भने, कुनै शङ्का वा आरोप बिना नै कसम खुवाउन जायज छ।
यस हदीसमा ज्ञान र अल्लाहको स्मरण हुने सभाहरूको महान् गुण बताइएको छ, र यो पनि स्पष्ट हुन्छ कि अल्लाह ती सभाहरूलाई प्रेम गर्नुहुन्छ र ती सभाहरूको विषयमा आफ्ना फरिश्ताहरू समक्ष गर्व गर्नुहुन्छ।

Attribution

[मुस्लिमले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...