सद्गुण र पुण्य भनेको राम्रो आचरण हो र पाप त्यो हो जसले तिम्रो हृदयलाई असजिलो बनाउँछ वा मनमा खट्कन्छ र जसलाई अरूले थाहा पाऊन् भन्ने तिमीलाई मन पर्दैन।
Choose an available translation of this Hadeeth
Hadeeth text
नव्वास बिन सिम्आन (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "सद्गुण र पुण्य भनेको राम्रो आचरण हो र पाप त्यो हो जसले तिम्रो हृदयलाई असजिलो बनाउँछ वा मनमा खट्कन्छ र जसलाई अरूले थाहा पाऊन् भन्ने तिमीलाई मन पर्दैन।" वाबिसा बिन मअबद (रज़ियल्लाहु अन्हु) बाट वर्णित छ, उनले भने: म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवा उपस्थित भएँ। उहाँले मलाई भन्नुभयो: "के तिमी पुण्य (बिर्र) र पाप (इथ्म) को विषयमा सोध्न आएका हौ?" मैले उत्तर दिएँ: “हो हजुर।” उहाँले भन्नुभयो: "आफ्नो हृदयलाई सोध। पुण्य र भलाइ त्यो हो, जसप्रति तिम्रो आत्मा र हृदय सन्तुष्ट हुन्छन्। र पाप त्यो हो, जुन तिम्रो मनमा खट्कन्छ र तिम्रो हृदयमा द्विविधा उत्पन्न गर्छ, चाहे मानिसहरूले तिमीलाई त्यसको पक्षमा फतवा (धार्मिक आदेश) र बारम्बार अनुमति नै किन नदिउन्।’"
Explanation
त्यसैगरी मानिसहरूले तिमीलाई त्यस कुराको पक्षमा फतवा (धार्मिक निर्णय) दिए पनि, जबसम्म तिम्रो मनमा त्यस कुराप्रति शङ्काको कुनै अंश बाँकी छ, तबसम्म त्यस फतवालाई अनुसरण नगर्नु नै उचित हुन्छ। किनभने यदि शङ्का ठोस छ र फतवा दिने व्यक्तिले पर्याप्त ज्ञानबिना निर्णय गरेको छ भने, त्यस्तो फतवाले शङ्का हटाउँदैन।
तर यदि फतवा शरियतका ठोस प्रमाणहरूमा आधारित छ भने, प्रश्नकर्ताले त्यसको पालन गर्नु अनिवार्य हुन्छ—चाहे उसको हृदय त्यसप्रति पूर्ण रुपमा सन्तुष्ट नहोस्।
Benefits
सत्य र असत्यले मोमिनलाई भ्रमित गर्दैन, बरु ऊ आफ्नो हृदयमा रहेको प्रकाशद्वारा सत्यलाई चिन्छ र असत्यबाट टाढा रहन्छ तथा त्यसलाई अस्वीकार गर्छ।
पापको चिन्हहरू मध्ये मनको बेचैनी र अशान्ति र मानिसहरूले त्यसको बारेमा थाहा पाउने असहजता।
सिंदीले भने: यो ती शङ्कास्पद कुरा सम्बन्धी हो जसमा मानिसहरूले कुनै एक पक्षको निश्चितता थाहा पाउँदैनन्; अन्यथा, शरियतमा बताइएको कुराहरूलाई अनदेखा नगरी कुनै पक्षको प्रमाण नभइ त्यस्तै पुण्य र पापको कुरा हुन्छ र यस्ता कुराहरूमा हृदयको सोधपुछ र शान्तिको आवश्यकता हुँदैन।
यस हदीसमा सम्बोधित गरिएका व्यक्तिहरू स्वच्छ प्रकृति भएका मानिसहरू हुन्, न कि ती जसका हृदय विकृत छन्। जो केवल आफ्नो इच्छाअनुसार राम्रोलाई चिन्ने र नराम्रोलाई अस्वीकार गर्ने गर्छन्।
तैइबीले भने: हदीसमा पुण्यलाई विभिन्न अर्थमा व्याख्या गरिएको छ। यसलाई एक स्थानमा त्यसरी व्याख्या गरिएको छ जसले हृदयलाई शान्त पार्छ र मनलाई समर्पित बनाउँछ। अर्को स्थानमा यसलाई ईमानको रूपमा व्याख्या गरिएको छ र एउटा स्थानमा यसलाई जसले तपाईंलाई अल्लाहको नजिक पुर्याउँछ भनिएको छ र यहाँ यसलाई असल आचरणको रूपमा व्याख्या गरिएको छ। असल आचरणलाई यसरी व्याख्या गरिएको छ: दुख सहन गर्नु, क्रोध नगर्नु, मुखमा हाँसो ल्याउनु र मीठा शब्द बोल्नु र यी सबै अर्थमा समान छन्।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

