पुण्य भनेको उच्च व्यवहार हो र पाप भनेको जुन कुरा तिम्रो मनमा सङ्का पैदा गर्छ र तिमी चाहँदैनौ कि मानिसहरूले त्यसलाई थाहा पाउन»।
Choose an available translation of this Hadeeth
Hadeeth text
नव्वास बिन सिमआन अल-अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: मैले रसूलल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) लाई भलाइ (पुण्य) र पापको बारेमा सोधेँ। उहाँले भन्नुभयो: «पुण्य भनेको उच्च व्यवहार हो र पाप भनेको जुन कुरा तिम्रो मनमा सङ्का पैदा गर्छ र तिमी चाहँदैनौ कि मानिसहरूले त्यसलाई थाहा पाउन»।
Explanation
अल्लाहसँग तक्वाको साथ राम्रो स्वभाव देखाउनु नै सबैभन्दा ठूलो गुण हो। मानिसहरूसँग सहनशीलता, क्रोधलाई कम गर्नु, हँसिलो अनुहार, मधुर बोली, सम्बन्ध जोड्नु, आज्ञापालन, दयालुता, परोपकार, राम्रो संगत र मेलमिलापपूर्ण बसोबास गर्नु हो।
पाप भनेको, जुन मनभित्र शङ्कास्पद कुराहरूको रूपमा उत्पन्न हुन्छ र जसमा आत्मा निश्चिन्त हुन सक्दैन। मनमा त्यसबाट शङ्का उत्पन्न हुन्छ र त्यसलाई पाप हो कि भन्ने डर रहन्छ। आत्माले यो पापलाई प्रकट गर्न चाहँदैन, किनकि यो प्रतिष्ठित र आदर्श व्यक्तिहरूको नजरमा कुरूप देखिन्छ। यो यस कारण हो कि आत्मा स्वाभाविक रूपमा आफ्नो राम्रो पक्ष अरूलाई देखाउन चाहन्छ। यदि आत्माले आफ्नो केही कर्म अरूले थाहा पाउन मन पराउँदैन भने, त्यो पाप हो, जसमा कुनै भलाई हुँदैन।
Benefits
सत्य र असत्यले मोमिनलाई भ्रमित गर्दैन, बरु ऊ आफ्नो हृदयमा रहेको प्रकाशद्वारा सत्यलाई चिन्छ र असत्यबाट टाढा रहन्छ तथा त्यसलाई अस्वीकार गर्छ।
पापको चिन्हहरू मध्ये मनको बेचैनी र अशान्ति र मानिसहरूले त्यसको बारेमा थाहा पाउने असहजता।
सिंदीले भने: यो ती शङ्कास्पद कुरा सम्बन्धी हो जसमा मानिसहरूले कुनै एक पक्षको निश्चितता थाहा पाउँदैनन्; अन्यथा, शरियतमा बताइएको कुराहरूलाई अनदेखा नगरी कुनै पक्षको प्रमाण नभइ त्यस्तै पुण्य र पापको कुरा हुन्छ र यस्ता कुराहरूमा हृदयको सोधपुछ र शान्तिको आवश्यकता हुँदैन।
यस हदीसमा सम्बोधित गरिएका व्यक्तिहरू स्वच्छ प्रकृति भएका मानिसहरू हुन्, न कि ती जसका हृदय विकृत छन्। जो केवल आफ्नो इच्छाअनुसार राम्रोलाई चिन्ने र नराम्रोलाई अस्वीकार गर्ने गर्छन्।
तैइबीले भने: हदीसमा पुण्यलाई विभिन्न अर्थमा व्याख्या गरिएको छ। यसलाई एक स्थानमा त्यसरी व्याख्या गरिएको छ जसले हृदयलाई शान्त पार्छ र मनलाई समर्पित बनाउँछ। अर्को स्थानमा यसलाई ईमानको रूपमा व्याख्या गरिएको छ र एउटा स्थानमा यसलाई जसले तपाईंलाई अल्लाहको नजिक पुर्याउँछ भनिएको छ र यहाँ यसलाई असल आचरणको रूपमा व्याख्या गरिएको छ। असल आचरणलाई यसरी व्याख्या गरिएको छ: दुख सहन गर्नु, क्रोध नगर्नु, मुखमा हाँसो ल्याउनु र मीठा शब्द बोल्नु र यी सबै अर्थमा समान छन्।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

