افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3087[सही]
HadeethEnc · 1.59.0

एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई कयामतको बारेमा सोधे: "कयामत (प्रलय) कहिले आउँछ?" उहाँले सोध्नुभयो: "तिमीले यसको लागि के तयारी गरेका छौ?

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई कयामतको बारेमा सोधे: "कयामत (प्रलय) कहिले आउँछ?" उहाँले सोध्नुभयो: "तिमीले यसको लागि के तयारी गरेका छौ?" उनले जवाफ दिए: "मैले कुनै खास तयारी त गरेको छैन, तर म अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्छु।" यो सुनेर उहाँले भन्नुभयो: "निश्चयनै तिमी उसैसँग हुनेछौ जसलाई तिमी प्रेम गर्छौ।"
अनस (रजियल्लाहु अन्हु) ले भने: "हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ—'निश्चयनै तिमी जसलाई प्रेम गर्छौ उसैसँग हुनेछौ'—बाट जति खुशी भयौं, त्यति अरू कुनै कुराबाट भएका थिएनौं।" अनस (रजियल्लाहु अन्हु) ले थपे: "म अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम), अबूबकर र उमर (रजियल्लाहु अन्हुम) लाई प्रेम गर्छु। यद्यपि मैले उहाँहरूको जस्तो कर्म गर्न सकेको छैन, तैपनि उहाँहरूप्रतिको प्रेमका कारण म उहाँहरूसँगै हुने आशा गर्दछु।"
02

Explanation

मरुस्थलका एक बासिन्दाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: कयामत (प्रलय) कहिले आउँछ?

उहाँले उसलाई सोध्नुभयो: तिमीले त्यसको लागि के असल कर्महरू गरेका छौ?

प्रश्नकर्ताले जवाफ दिए: "मैले कयामतको तयारीमा कुनै ठूलो कर्म त गरेको छैन, तर म अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्छु।" उनले अन्य कुनै आध्यात्मिक, भौतिक वा आर्थिक उपासना बारे केही उल्लेख गरेनन्; किनकि यी सबै उपासनाहरू प्रेमका शाखा र परिणाम हुन् र ती सबै प्रेममै समाहित हुन्छन्। साथै, साँचो प्रेमले नै मानिसलाई पुण्य कर्म गर्न उत्प्रेरित गर्छ।

उसको जवाफ सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: पक्कै पनि तिमी जसलाई माया गर्छौ स्वर्गमा उसैसँग हुनेछौ ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा(साथी)हरूयो सुसमाचारबाट अत्यन्त खुसी भए।

त्यसपछि अनस (रजियल्लाहु अन्हु) ले भने: उनी अल्लाहको नबी (सल्लल्लाहु अलैहि वसल्लम), अबू बकर र उमर (रजियल्लाहु अन्हुम) लाई माया गर्छन् र उनीहरूले गरे जस्तो कर्महरू गर्न नसके पनि उहाँहरूप्रतिको प्रेमका कारण उहाँहरूसँगै हुने आशा राख्छन्।
03

Benefits

यस हदीसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को जवाफमा उहाँको बुद्धिमत्ता र तत्वज्ञान स्पष्ट रूपमा देखिन्छ। उहाँले सोध्ने व्यक्तिलाई कियामत (महाप्रलय) को समय बताउनुको सट्टा त्यसका लागि वास्तवमा महत्त्वपूर्ण र सफलता दिने कुरातर्फ निर्देश गर्नुभयो, र त्यो हो: परलोक (आखिरत) को लागि लाभदायक असल कर्मद्वारा तयारी गर्नु।
मानिसहरू सदैव अल्लाहसँगको भेटका लागि तयार रहुन् भन्ने उद्देश्यले अल्लाहले मानिसहरूबाट प्रलयको निश्चित समयको ज्ञान गोप्य राख्नुभएको छ।
यस हदीसमा अल्लाह, उहाँका नबी (सल्लल्लाहु अलैहि वसल्लम) र असल आस्थावानहरूप्रति प्रेम राख्नुको ठूलो महत्ता र सद्गुणबारे उल्लेख गरिएको छ, साथै, बहुदेववादीहरूलाई माया गर्नु वा उनीहरूसँग हार्दिक मित्रता गाँस्नुबाट अत्यन्त कडा चेतावनी र निषेध गरिएको छ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो भनाइ , “तिमी जसलाई प्रेम गर्छौ, उसैसँग हुनेछौ,” को अर्थ यो होइन कि ती दुवैको दर्जा र स्वर्गमा प्राप्त हुने स्थानमा समानता हुनेछ।बरु,यसको अर्थ यो हो कि ती दुवै स्वर्गवासी हुनेछन् र उनीहरूको स्थान जतिसुकै टाढा भए पनि एकअर्कालाई देख्न र भेट्न सक्नेछन्।
प्रत्येक मुस्लिमलाई आफ्नो हित र अधिकतम लाभका विषयहरूमा मात्रै केन्द्रित हुन र निरर्थक तथा बेकारको कुराहरूमा चासो नराख्न निर्देशन दिइएको छ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...