के म तिमीहरूलाई दज्जाल सम्बन्धी त्यस्ता कुराहरू नबताऊँ, जुन कुनै नबीले आफ्ना अनुयायीहरूलाई भनेका छैनन्? निश्चय नै ऊ एकआँखा भएको (कानो) हुनेछ। ऊ स्वर्ग र नरक जस्तै देखिने वस्तुहरू ल्याउनेछ। तर उसले जसलाई स्वर्ग भन्छ,
Choose an available translation of this Hadeeth
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के म तिमीहरूलाई दज्जाल सम्बन्धी त्यस्ता कुराहरू नबताऊँ, जुन कुनै नबीले आफ्ना अनुयायीहरूलाई भनेका छैनन्? निश्चय नै ऊ एकआँखा भएको (कानो) हुनेछ। ऊ स्वर्ग र नरक जस्तै देखिने वस्तुहरू ल्याउनेछ। तर उसले जसलाई स्वर्ग भन्छ, वास्तवमा त्यो नरक हुनेछ। म तिमीहरूलाई दज्जालबाट त्यसरीनै सावधान गराउँछु, जसरी नूह (अलैहिस्सलाम) ले आफ्ना समुदायलाई चेतावनी दिएका थिए।"
Explanation
ऊ कानो हुनेछ ।
र अल्लाहले उसको साथमा स्वर्ग र नरक जस्तै वस्तुहरू बनाइदिनुभएको छ, जुन हेर्दा ठ्याक्कै स्वर्ग र नरक जस्तै देखिनेछन्।
तर वास्तवमा उसको स्वर्ग नरक हुनेछ र उसको नरक स्वर्ग हुनेछ। जसले उसको आज्ञापालन गर्छ, दज्जालले उसलाई मानिसहरूको नजरमा स्वर्गजस्तो देखिने ठाउँमा प्रवेश गराउनेछ, तर वास्तवमा त्यो नरक हुनेछ। जसले उसको आज्ञापालन गर्दैन, दज्जालले उसलाई मानिसहरूको नजरमा नरकजस्तो देखिने ठाउँमा प्रवेश गराउनेछ, जुन वास्तवमा स्वर्ग हुनेछ। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई दज्जालद्वारा हुने मानिसको आस्थाको परीक्षाबारे चेतावनी दिनुभयो, जसरी नूह (अलैहिस्सलाम) ले आफ्ना समुदायलाई त्यस विषयमा चेतावनी दिएका थिए।
Benefits
दज्जालको फित्ना (प्रलोभन वा परीक्षा) बाट मुक्ति पाउने उपाय भनेको साँचो आस्था राख्नु, अल्लाहप्रति पूर्ण समर्पण गर्नु, अन्तिम तशह्हुदमा दज्जालको फित्नाबाट अल्लाहको शरण खोज्नु, र सूरह कहफका सुरुका दश आयातहरू कण्ठ गर्नु हो ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो उम्मतको मुक्तिका लागि अत्यन्तै उत्सुक हुनुहुन्थ्यो। त्यसैले, उहाँले मुस्लिमहरूलाई दज्जालका पहिचान र चिन्हहरू बारे बताउनुभयो, जुन उहाँभन्दा अघि कुनै सन्देशवाहकले भनेका थिएनन्।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

