जब तपाईंहरू नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एक व्यक्तिले इमामत गरोस् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस्
Choose an available translation of this Hadeeth
Hadeeth text
हित्तान बिन अब्दुल्लाह रक्काशी भन्छन्, मैले एक पटक अबु मुसा अल-अशरी (रजियल्लाहु अन्हु) संग नमाज पढें । तशह्हुदमा बसिरहेको बेला पछाडि नमाज पढिरहेको एक व्यक्तिले भन्यो: नमाज धार्मिकता र जकात संग स्थापित गरिएको छ । जब अबू मुसा (रजियल्लाहु अन्हु) ले आफ्नो नमाज पूरा गरे अनि सलाम फेरेर मानिसहरूतर्फ फर्के तब भने: तिमीहरूमध्ये कसले यसो भन्दै थियो? जब कसैले जवाफ दिएनन्, उनले फेरि सोधे: तिमीहरूमध्ये कसले यसो भन्दै थियो? त्यसपछि उनले भने: हे हित्तान! सायद तिमिले भन्यौ होला ! उसले भन्यो: मैले भनेको होइन, मलाई डर थियो सायद तपाईंले मलाई गाली गर्नुहुन्छ । यो सुनेर त्यहाँ उपस्थित एक व्यक्तिले भने: मैले भनेको हो र मेरो नियत राम्रो थियो । त्यसपछि अबु मुसा अल-अशरी (रजियल्लाहु अन्हु) ले भने: नमाजमा के भन्नुपर्छ पनि थाहा छैन? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सम्बोधन गर्नुभयो र हामीलाई हामीले गर्नुपर्ने सुन्नतहरू स्पष्ट पार्नुभयो र हामीलाई नमाज पढ्ने तरिका सिकाउनुभयो । उहाँले ले भन्नुभयो : "जब तपाईंहरू नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एक व्यक्तिले इमामत गरोस् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् । जब उनले {गैरिल-मग्जूबि अलैहिम वलज्जाल्लीन} (अल-फातिहा:७) भन्छन्, तपाईंहरूले आमीन भन्नुहोस्; अल्लाहले तपाईंहरूको प्रार्थना स्वीकार गर्नुहुनेछ । त्यसपछि जब उनले "अल्लाहु अकबर" भन्छन् र रूकुअ गर्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् र रूकुअमा जानुहोस् । याद रहोस्, इमामले तपाईंहरू भन्दा पहिला तकबीर भन्छन् र रूकुअ गर्छन् ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तपाईंको रुकुअमा क्षणिक ढिलाइ रुकुअबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ । जब इमामले ‘समिअल्लाहु लिमन-हमिदह’ भन्छन् तब तपाइँहरू ‘अल्लाहुम्म रब्बना व लकल-हम्द’ भन्नुहोस्, 'अल्लाहले तपाइँको बिन्ती सुन्नुहुन्छ' भन्ने कुरा अल्लाहले रसूलद्वारा बताउनुभएको छ । त्यसपछि जब इमामले "अल्लाहु अकबर" भन्छन् र सज्दा गर्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् र सज्दामा जानुहोस् । याद रहोस्, इमामले तपाईंहरू भन्दा पहिला तकबीर भन्छन् र सज्दा गर्छन् ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तपाईंको सज्दामा क्षणिक ढिलाइ सजदाबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ । जब तपाईं तशह्हुदमा बस्नुहुन्छ, तपाईंले शुरुदेखि निम्न दुआ पढ्नुहोस् : ‘अत्तहिय्यातु अत्तैयिबातु अस्सलवातु लिल्लाह, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्’ ।
Explanation
जब तपाईं नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा र बराबर राख्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एक जनाले मानिसहरूलाई इमामत गरुन् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि उस्तै तकबीर भन्नुहोस् । जब उनले सूरह फातिहा पढ्छन् र {गैरिल-मग्जूबि अलैहिम वलज्जाल्लीन} (अल-फातिहा:७) मा पुग्छन् भने तपाईंहरू आमीन भन्नुहोस् । जब तपाईं यसो गर्नुहुन्छ, अल्लाहले तपाईंहरूको दुआ स्वीकार गर्नुहुनेछ । त्यसपछि जब इमामले तकबीर भन्छन् र रुकुअमा जान्छन्, तब तपाईंहरूले पनि तकबीर भन्नुहोस् र रूकुअमा जानुहोस् । इमाम तपाईंहरू भन्दा पहिला रूकुअ गर्छन् र रूकुअबाट उठ्नेछन् । त्यसैले इमाम भन्दा अगाडि नजानुहोस् । रूकुअमा जाने क्षणिक ढिलाइ रूकुअबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ र यसरी तपाईको रूकुअको लम्बाइ इमामको रूकुअको लम्बाइ बराबर हुनेछ । त्यसपछि जब इमामले ‘समिअल्लाहु लिमन-हमिदह’ भन्छन् तब तपाइँहरू ‘अल्लाहुम्म रब्बना व लकल-हम्द’ भन्नुहोस्, अल्लाहले तपाइँको बिन्ती र भनाई सुन्नुहुन्छ । अल्लाहले यो कुरा रसूल मार्फत भन्नुभयो । त्यसपछि जब इमामले तकबीर भन्छन् र सज्दामा जान्छन्, मुक्तदीहरूले पनि तकबीर भन्नुपर्छ र सज्दामा जानुपर्छ । इमाम तिनीहरूको अगाडि सजदामा जान्छन् र तिनीहरूको अगाडि सजदाबाट उठ्नेछन् । यसरी सजदामा जानको क्षणिक ढिलाइ सजदाबाट उठ्ने बेलाको क्षणिक ढिलाइबाट पूरा हुनेछ र यसरी तिनीहरूको सजदाको लम्बाइ इमामको सजदाको लम्बाइ बराबर हुनेछ । त्यसपछि तशह्हुदको लागि बस्दा सबैभन्दा पहिले यो दुआ पढ्नुहोस्: ‘अत्तहिय्यातु अत्तैयिबातु अस्सलवातु लिल्लाह’ अर्थात् राज्य, अस्तित्व र महानता यी सबै चीजहरू केवल अल्लाहका लागि हुन् । त्यसैगरी सबै पाँच नमाज़हरू अल्लाहका लागि हुन् । त्यसपछि ‘अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्’ भन्नुहोस् । हामी हरेक दोष, कष्ट, कमी र भ्रष्टाचारबाट सुरक्षाको लागि दुआ गर्छौं विशेष गरी मुहम्मद सल्लल्लाहु अलैहि वा सल्लमको लागि दरुद पठाउँछौं । त्यसपछि हामी आफैलाई सलाम गर्छौं र अल्लाहका ती धर्मी सेवकहरूलाई अभिवादन पठाउँछौं जसले अल्लाह र उहाँका सेवकहरूको अनिवार्य कर्तव्यहरू पूरा गर्छन् । त्यसपछि हामी गवाही दिन्छौं, अल्लाह बाहेक कोही उपासना योग्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका सेवक र दूत हुनुहुन्छ ।
Benefits
सलाह (नमाज) का सम्पूर्ण कार्य र भनाइहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा पुष्टि हुनुपर्छ । सुन्नतबाट प्रमाणित नभएको कुनै पनि कार्य वा कथन नमाजमा पढ्न अनुमति छैन ।
नमाज पढ्दा इमाम भन्दा अगाडी कुनै कुरा गर्नु वा ढिलो गर्नु अनुमति छैन । मुक्तदीले इमामको अनुसरण गर्नुपर्छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) धर्मको प्रचारप्रसार र आफ्नो उम्मतलाई धार्मिक नियमहरू सिकाउन विशेष ध्यान दिनुहुन्थ्यो भन्ने कुराको उल्लेख ।
इमाम मुक्तदीहरूका लागि आदर्श र अनुशरण गरिने व्यक्ति हुन्। तसर्थ, मुक्तदीले नमाज पढ्दा इमाम भन्दा अगाडि बढ्ने वा उसको साथ-साथ गर्ने वा ढिलो गर्ने अनुमति छैन, बरु इमामले गरेको निश्चित भएपछि मुक्तादीले इमामको अनुसरण गर्नुपर्छ ।
नमाजमा सफ (पंक्ति) हरू सीधा गर्नु मुस्तहब हो ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

