HadeethEnc · 1.59.0
के तिमीहरूमध्ये जसले (सज्दा वा रुकूअ् बाट उठ्दा) इमामभन्दा अगाडि आफ्नो टाउको उठाउँछ, उसलाई अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गरिदिनुहुन्छ वा उसको रूपलाई गधाको रूपजस्तै बनाइदिनुहुन्छ भन्ने कुराको डर छैन?
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के तिमीहरूमध्ये जसले (सज्दा वा रुकूअ् बाट उठ्दा) इमामभन्दा अगाडि आफ्नो टाउको उठाउँछ, उसलाई अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गरिदिनुहुन्छ वा उसको रूपलाई गधाको रूपजस्तै बनाइदिनुहुन्छ भन्ने कुराको डर छैन?"
02
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले इमामभान्द पहिले आफ्नो टाउको उठाउने व्यक्तिलाई अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गर्न वा उसको रुपलाई गधा जस्तो बनाउन सक्ने कडा चेतावनी दिनुभएको छ ।
03
Benefits
“इमामको पछाडि नमाज पढ्दा, मुक्तदी (इमाम पछाडि नमाज पढ्ने व्यक्ति) का चार अवस्था हुन सक्छन्, जसमा तीन अवस्था निषेधित छन्: १. इमामले गर्नु अघि नै नमाजका कार्यहरू गर्नु, २. इमामसँगै नमाजका कार्यहरू गर्नु, ३. ढिलो गरेर नमाजका कार्यहरू गर्नु। सही तरिका भनेको मुक्तदीले इमामको पूर्ण रूपमा अनुसरण गर्नु हो।”
मुक्तदीले इमामको अनुसरण गर्नु अनिवार्य छ।
इमाम भन्दा पहिले टाउको उठाउने मानिसको रूप गधाको रूपमा परिणत हुनसक्ने चेतावनी सम्भव छ, र यसलाई 'मस्ख' (शारीरिक परिणति) भनिन्छ ।
मुक्तदीले इमामको अनुसरण गर्नु अनिवार्य छ।
इमाम भन्दा पहिले टाउको उठाउने मानिसको रूप गधाको रूपमा परिणत हुनसक्ने चेतावनी सम्भव छ, र यसलाई 'मस्ख' (शारीरिक परिणति) भनिन्छ ।
Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares

