افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#65033[सही]
HadeethEnc · 1.59.0

अल्लाहले प्रलयको दिन

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले प्रलयको दिन मेरो उम्मत (समुदाय) बाट एक जनालाई सबै मानिसहरूको अगाडि ल्याउनुहुनेछ र उसको अगाडि उसैको उनान्सय वटा कर्मपत्रहरू फैलाइनेछन् । प्रत्येक कर्मपत्र आँखाले हेर्न भ्याएसम्म लामो हुनेछ । तब अल्लाहले सोध्नुहुनेछ: के तिमी यी मध्ये कुनै कर्मपत्रलाई अस्वीकार गर्छौ? के कर्म लेख्न तैनाथ गरिएका फरिशताहरूले तिमीमाथि अन्याय गरेका छन्? उसले भन्नेछ: होइन, मेरो प्रभु! तब अल्लाहले भन्नुहुनेछ: के तिमीसँग कुनै बहाना छ? उसले भन्नेछ: छैन, मेरो प्रभु! तब अल्लाहले भन्नुहुनेछ: तर हामीसँग तिम्रो एउटा सत्कर्म छ, आज तिमीमाथि अन्याय हुनेछैन । त्यसपछि एउटा कार्ड निकालिनेछ जसमा "अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्" लेखिएको हुनेछ। अल्लाहले भन्नुहुन्छ : जाऊ, आफ्नो कर्म तौलिने ठाउँमा उपस्थित होउ । उसले भन्नेछ: हे मेराे प्रभु! यी अभिलेखहरूको अगाडि यो कार्डको के महत्व ? अल्लाह भन्नुहुनेछ: तिमीमाथि अन्याय गरिने छैन । त्यसपछि ती सबै अभिलेखहरू तराजुको एक पात्रमा र त्यो कार्ड अर्को पात्रमा राखिनेछ ।र ती सबै अभिलेखहरूको पात्र हल्का हुनेछन् र त्यो कार्डको पात्र गह्रुङ्गो हुनेछ । हो, अल्लाहको नाम भन्दा धेरै वजनदार अरु केही हुनै सक्दैन ।"
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभयो: अल्लाहले प्रलयको दिन मेरो समुदाय बाट एउटा व्यक्तिलाई सबै मानिसहरूको अगाडि उसको हिसाब-किताबको लागि ल्याउनु हुनेछ र उसको अगाडि उसैका उनान्सय कर्मपत्रहरू पेश गरिनेछ । ती कर्मपत्रहरूमा उसले यस संसारमा गरेका कुकर्कमहरू हुनेछन् । र हरेक कर्मपत्र आँखाले हेर्न भ्याएसम्म लामो हुनेछ । तब अल्लाहले सोध्नु हुनेछ: के तिमी यी कर्मपत्रमा लेखिएका कुनैपनि कुरालाई अस्वीकार गर्छौ? के कर्म लेख्न तैनाथ गरिएका फरिशताहरूले तिमीमाथि अन्याय गरेका छन्? त्यस व्यक्तिले भन्नेछ: होइन, मेरो प्रभु! तब अल्लाहले भन्नुहुनेछ: के तिमीलाई तिम्रो संसारिक कुकर्म बारे आफ्नो सफाइमा केही भन्नु छ, के तिमी भूलचुक, गल्ती वा अज्ञानताले गर्दा पापमा लिप्त भएको हौ ?। त्यो व्यक्तिले भन्नेछ: होइन, हे प्रभु! मलाई मेरो सफाइमा केही भन्नु छैन। तब अल्लाहले भन्नुहुनेछ : हामीसँग तिम्रो एउटा सत्कर्म छ, आज तिमीमाथि अन्याय हुनेछैन । त्यसपछि एउटा कार्ड निकालिनेछ जसमा "अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्" लेखिएको हुनेछ । त्यसपछि अल्लाहले त्यस व्यक्तिलाई भन्नुहुनेछ: जाऊ, आफ्नो कर्मको वजन गर्ने ठाउँमा उपस्थित होउ । त्यो व्यक्ति अचम्म मानेर सोध्ने छ: हे प्रभु! यी अभिलेखहरूको अगाडि यो कार्डको के महत्व ? अल्लाहले भन्नुहुनेछ: आज तिमीमाथि कुनै अत्याचार र अन्याय हुनेछैन। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: ती सबै अभिलेखहरू तराजुको एक पात्रमा र त्यो कागजको टुक्रा अर्को पात्रमा राखिनेछ,र त्यो अभिलेखहरूको पात्र हल्का र त्यो कार्ड राखिएको पात्र गह्रुङ्गो हुनेछ । यसरी अल्लाहले त्यस व्यक्तिलाई क्षमा प्रदान गर्नु हुनेछ।
03

Benefits

यस हदीसले कलमा तौहीद (एकेश्वरवादको शब्द) : 'अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्', को महानता र तराजूमा त्यसको तौलको गह्रुँगोपन दर्शाउँछ।
मुखले 'ला इला-ह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) भनेर मात्र पुग्दैन, बरु यसको अर्थ र अभिप्रायलाई बुझेर त्यसअनुसार कर्म गर्न जरुरी छ।
एख्लास (अल्लाहको लागि विशिष्ट गरेर कर्महरू गर्नु ) र एकेश्वरवादको शक्तिले पापहरू पखालिन्छ ।
हृदयमा जति एख्लास (अल्लाहको लागि विशिष्ट गरेर कर्महरू गर्नु ) हुन्छ, त्यति नै ईमान र आस्था बढ्दछ र घट्दछ । त्यसैले केही मानिसहरूले यो कलिमा (वाक्य)को वाचन गरेतापनि तिनीहरु लाई तिनका पाप अनुसार यातना दिइनेछन् ।

Attribution

[तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...