कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ
Choose an available translation of this Hadeeth
Hadeeth text
खुरैम बिन फातिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो: कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् ।
तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ।
दुईटा (स्वर्ग वा नरक) अनिवार्य गर्नेवाला कर्महरू भनेको : जो अल्लाहसँग शिर्क (साझेदारी) नगरेको अवस्थामा मर्यो भने ऊ स्वर्गमा जानेछ, र जो अल्लाहसँग शिर्क गरेको अवस्थामा मर्यो भने ऊ नर्कमा जानेछ ।
र त्यो कर्म जसको प्रतिफल कर्म अनुसार नै पाइनेछ भनेको : जसले भित्री मनले कुनै सत्कर्म गर्ने नियत गर्दछ र अल्लाहले त्यस प्रति उसको प्रतिज्ञालाई देख्नुहुन्छ त उसको लागि एक नेकी (पुण्य) लेखिन्छ,र जसले दुष्कर्म गर्ने नियत गर्दछ, उसको लागि एउटा पाप मात्र लेखिन्छ । र जसले सत्कर्म गर्दछ, त्यसलाई दश गुणा बढी प्रतिफल दिइनेछ । र जसले अल्लाहको बाटोमा दान प्रदान गर्छ, त्यसलाई सात सय गुणा बढी प्रतिफल (पुण्य)दिइनेछ ।
र मानिसहरू चार प्रकारका छन्: (पहिलो) जसलाई संसारमा सुख सुविधा प्राप्त छ, तर आखिरत(परलोक)मा उसलाई कष्ट र दुःख हुनेछ ।(दोस्रो) जसले संसारमा कष्ट र दुःख साथ जीवन काट्यो, तर आखिरतमा उसलाई सुख सुविधा प्राप्त हुनेछ, (तेस्रो) जसलाई संसार र आखिरत दुवैमा कष्ट दुःख हुनेछ, (चौथो) जसलाई संसार र आखिरत दुवैमा सुख सुविधा प्राप्त हुनेछ।
Explanation
पहिलो प्रकार: जो व्यक्ति यस अवस्थामा मर्छ कि उसले कसैलाई अल्लाहको साझेदार बनाएको छैन भने, ऊ अनिवार्य रूपले स्वर्ग मा प्रवेश गर्नेछ ।
दोस्रो प्रकार: र जो व्यक्ति यस अवस्थामा मर्छ कि उसले कसैलाई अल्लाहको साझेदार बनाएको छ (शिर्क जस्तो महापाप गरेर मरेको छ) भने, ऊ अनिवार्य रूपले नर्कमा प्रवेश गर्नेछ, जहाँ ऊ सदासर्वदा रहनेछ।
यी दुवै कार्य (स्वर्ग वा नरक) अनिवार्य गर्नेवाला हुन्।
तेस्रो प्रकार: नियतमा आधारित भलाइ, कुनै व्यक्तिले राम्रो काम गर्ने मनसाय आफ्नो मनमा गर्यो र उसको मनसाय राम्रो थियो, साथै अल्लाहले उसको उद्देश्य पनि जान्नु हुन्थ्यो तर केही कारणवश ऊ त्यो असल काम गर्न असमर्थ भयो भने तैपनि उसको लागि एक नेकी लेखिने छ ।
चौथो प्रकार: यदि कुनै व्यक्तिले खराब काम गर्छ भने, उसको कर्मफलमा मात्र एउटा पाप लेखिन्छ।
यी दुवै कार्यहरूमा केही थप नगरिकन कर्मको प्रतिफल कर्म अनुसार नै बराबर पाइनेछ।
पाँचौं प्रकार: अर्थात एउटा राम्रो कर्मको पुण्य दस असल कर्म बराबर, जसले राम्रो काम गर्ने नियत (इरादा) गर्दछ र त्यसलाई पूरा गर्दछ उसलाई एक नेकी (पुण्य) गर्दा दश गुणा बढी प्रतिफल दिइनेछ ।
छैटौं प्रकार: अर्थात एउटा राम्रो कर्मको पुण्य सात सय असल कर्म बराबर; जसले अल्लाहको मार्गमा धन-सम्पत्ति खर्च गर्दछ,उसको त्यस एक कर्म को बदला सात सय गुणा बढी पुण्य लेखिनेछ र, यो अल्लाहको महानता र भक्तहरूप्रति उहाँको को कृपा र उदारता हो ।
बाँकी चार प्रकारका मानिसहरू निम्न हुन् :
पहिलो: धनि र सम्पन्न व्यक्ति, जसलाई यस संसारमा प्रशस्त धनसम्पत्ति प्राप्त छ, ऊ विलासी जीवन बिताउँछ र आफ्ना सबै इच्छाहरू पूरा गर्दछ, तर परलोकमा उसले कठिनाइको सामना गर्नेछ र उसको गन्तव्य नर्क हुनेछ र त्यो धनी काफिर हो ।
दोस्रो: यस संसारमा कष्ट साथ जीविकोपार्जन गर्ने व्यक्ति, तर परलोकमा उसलाई प्रचुर मात्रामा सुविधा प्रदान गरिनेछ, उसको गन्तव्य स्वर्ग हुनेछ र त्यो गरीब मुअ्मिन (विश्वासी) हो ।
तेश्रो : यस संसार र परलोकमा दुवैमा कष्ट र अभाव भोग्ने व्यक्ति र त्यो गरिब काफिर हो ।
चौथो : यस संसार र परलोकमा प्रशस्त धनसम्पत्ति पाएको व्यक्ति र त्यो धनी मुअ्मिन (विश्वासी) हो ।
Benefits
यस हदीस बाट अल्लाहको न्याय र उदारता पनि प्रष्ट हुन्छ; यसर्थ न्याय पूर्वक उहाँले एक पाप को कर्मफल एउटा मात्र लेख्नु हुन्छ ।
यस हदीस ले शिर्क कतिको खतरनाक हो र यसले स्वर्गबाट वञ्चित राख्छ भन्ने कुराको जानकारी दिन्छ ।
यस हदीसमा अल्लाहको बाटोमा खर्च गर्दा कति पुण्य पाइन्छ भन्ने कुरालाई बताइएको छ।
अल्लाहको मार्गमा खर्च गरेको प्रतिफल सात सय गुणा देखि सुरु हुन्छ, किनकि यसले अल्लाहको वचन (तौहीद) लाई उच्च पार्न मद्दत गर्दछ ।
यस हदीसमा विभिन्न प्रकारका मानिसहरू र तिनीहरू भित्र पाइने भिन्नताहरू बारे चर्चा गरिएको छ ।
यस संसारमा मुअ्मिन र काफिर (आस्तिक र नास्तिक) सबैले सूख र सुविधा पाउँछन् तर परलोकमा मुमिनहरूले मात्र सूख र सुविधा पाउनेछन् ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

