यस्तो कुनै दिन जाँदैन जब सेवकहरू बिहान उठ्छन्, आकाशबाट दुईटा स्वर्गदूतहरू ओर्लँदैनन्। एउटा स्वर्गदूत भन्छ, 'हे अल्लाह! खर्च गर्नेलाई उत्तम प्रतिफल दिनुहोस्, अर्को भन्छ: हे अल्लाह, कंजूषलाई नष्ट गर्नुहोस्।
Choose an available translation of this Hadeeth
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यस्तो कुनै दिन जाँदैन जब सेवकहरू बिहान उठ्छन्, आकाशबाट दुईटा स्वर्गदूतहरू ओर्लँदैनन्। एउटा स्वर्गदूत भन्छ, 'हे अल्लाह! खर्च गर्नेलाई उत्तम प्रतिफल दिनुहोस्, अर्को भन्छ: हे अल्लाह, कंजूषलाई नष्ट गर्नुहोस्।"
Explanation
हे अल्लाह, असल काममा, आफ्ना सन्तानहरूमा, पाहुनाहरूमा र अन्य स्वेच्छिक कामहरूमा खर्च गर्नेहरूलाई राम्रो प्रतिफल देऊ र उनीहरूको सम्पत्तिमा आशिर्वाद देऊ।
जबकि अर्कोले भन्छ: हे अल्लाह! जसले आफ्नो हात खर्च गर्नबाट रोक्छ, त्यसको सम्पत्ति नष्ट गर, जुन उसले हकदारहरूलाई दिनबाट रोकेको छ।
Benefits
फरिश्ता (स्वर्गदूत) हरूले सत्कर्मी र धर्मी आस्थावानहरूको लागि उनको सम्पतिमा उन्नति र बर्कत होस् भनेर प्रार्थना गर्छन् र उनीहरूको प्रार्थना स्वीकार गरिन्छ।
परिवारमा, नाता सम्बन्ध कायम राख्ने र सबै प्रकारका असल कार्यहरू जस्ता अनिवार्य र ऐच्छिक कार्यहरूमा खर्च गर्न प्रोत्साहन।
नेक कार्यमा खर्च गर्ने व्यक्तिको सद्गुण र यसको परिणामस्वरूप अल्लाहले उसलाई राम्रो बदला दिनुहुन्छ। अल्लाहले भन्नुहुन्छः {तिमीले अल्लाहको बाटोमा जे खर्च गर्छौ, उहाँले त्यसको पूर्ण प्रतिफल दिनुहुनेछ र उहाँ सबैभन्दा उत्तम जीविकादाता हुनुहुन्छ।} [सबा: ३९]
यो श्राप अनिवार्य खर्चबाट टाढा रहने व्यक्तिको विरुद्धमा छ। स्वेच्छिक खर्चहरूलाई यसमा समेटिएको छैन, किनभने यस्ता खर्च गर्ने व्यक्तिले यो श्रापको हकदार हुँदैन।
कन्जुस्याइँ र लोभलाई निषेध गरिएको छ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

