HadeethEnc · 1.59.0
पाँच कुरा फित्रत (प्राकृतिक) हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "पाँच कुरा फित्रत (प्राकृतिक) हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”
02
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पाँच फित्रत (प्राकृतिक) का कुराहरू इस्लामको विशेषता र पैगम्बरहरूको सुन्नत हुन्:
१) खतना गर्नु : लिंगको टुप्पोमा रहेको अतिरिक्त छाला काट्नु हो । त्यसैगरी महिलाको योनिमाथिको छालाको टुप्पो काट्नु ।
२) गुप्ताङ्गको रौं खौरनु : नाभीमुनि रहेको रौंहरूलाई खौरनु वा कुनै तरिकाले सफा गर्नु ।
३) जुँगा छोटो पार्नु : पुरुषको माथिल्लो ओठमा बढेको कपाल ओठ देखिने गरी काट्नु ।
४) नङ्ग काट्नु ।
५) काखीको रौं उखेल्नु वा कुनै तरिकाले सफागर्नु ।

03
Benefits
पैगम्बरहरूका ती सुन्नतहरू हुन्, जुन अल्लाहलाई असाध्यै मनपर्छ र उहाँले ती प्राकृतिक कुराहरु अपनाउन आदेश दिनुभएको छ । साथै यसले मानवलाई राम्रो रूप, पूर्णता, स्वच्छता र सौन्दर्य प्रदान गर्दछ ।
बेलाबेलामा यी कुराहरूमा ध्यान दिनुपर्छ र लापरवाह हुनु हुँदैन ।
यी आदतहरूका केही सांसारिक र धार्मिक/आध्यात्मिक लाभहरू छन्, जस्तैः राम्रो देखिने, शरीरको सरसफाई, पवित्रा प्राप्त गर्दा सहजता, काफिरहरूको विरोध र अल्लाहको आदेशको पालना ।
अर्को हदीसमा यी पाँच कार्यहरू बाहेक अन्य कुराहरुलाई पनि समावेश गरिएको छ, जस्तै : दाह्री बढाउने, मिस्वाक गर्ने आदि ।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares