HadeethEnc · 1.59.0
नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राति निद्राबाट ब्युँझनुहुन्थ्यो, तब मिस्वाक (दतवन) ले आफ्नो मुख सफा गर्नुहुन्थ्यो।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गर्नुहुन्छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राति निद्राबाट ब्युँझनुहुन्थ्यो, तब मिस्वाक (दतवन) ले आफ्नो मुख सफा गर्नुहुन्थ्यो।
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) अत्यधिक रुपमा मिस्वाक (दतवन) गर्नुहुन्थ्यो र मिस्वाक गर्ने आदेश दिनुहुन्थ्यो। केही विशेष समयहरूमा मिस्वाक गर्नु मुस्तहब हो, जस्तै: रातमा उठ्दा; किनभने जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) निद्राबाट ब्युँझनुहुन्थ्यो, तब उहाँ आफ्नो मुख मिस्वाकले सफा गर्नुहुन्थ्यो।
03
Benefits
यसबाट राति सुतेर उठेपछि मिस्वाक (दतवन) गर्नु वैध र महत्वपूर्ण भएको पुष्टि हुन्छ, किनकि निद्राले मुखको गन्ध परिवर्तन हुन्छ र मिस्वाक मुख स्वच्छ राख्ने उत्तम साधन हो।
मुखबाट जुनसुकै बेला दुर्गन्ध आएको अवस्थामा मिस्वाक गर्नु वैध रहेको र यसप्रति जोड दिइएको कुराको पुनः पुष्टि हुन्छ, र यो कुरा माथि उल्लेखित अर्थबाट नै सिद्ध हुन्छ।
यस हदीसमा व्यापक रूपमा सरसफाइको वैधता र महत्व स्पष्ट गरिएको छ, र यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत तथा उच्च शिष्टाचारमध्येको एक उत्कृष्ट शिष्टाचार हो ।
मिस्वाक (दतिवन वा दाँतको बुरुस) द्वारा मुख पूरै सफा गर्नुको अर्थ दाँत, गिजा र जिब्रो सबैलाई राम्ररी सफा गर्नु हो।
पिलु वा अन्य कुनै वनस्पतिबाट दतिवन बनाउन सकिन्छ, जसलाई मुख र दाँत सफा गर्न प्रयोग गरिन्छ। यसले मुख सफा गर्छ र दुर्गन्ध हटाउँछ।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares