मैले दुई प्रकारका नरकवासी (अहिलेसम्म) देखेको छैनँ: पहिलो ती मानिसहरू जसको साथमा गाईको पुच्छर जस्तै कोर्रा हुनेछ र तिनीहरूले मानिसहरूलाई त्यसले पिट्नेछन्। दोस्रो ती महिलाहरू जो लुगा लगाएर पनि नाङ्गै हुनेछन्, अरूलाई आकर्षित गर्नेछन् र आफैँ पनि आकर्षित हुनेछन्
Choose an available translation of this Hadeeth
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मैले दुई प्रकारका नरकवासी (अहिलेसम्म) देखेको छैनँ:
पहिलो ती मानिसहरू जसको साथमा गाईको पुच्छर जस्तै कोर्रा हुनेछ र तिनीहरूले मानिसहरूलाई त्यसले पिट्नेछन्।
दोस्रो ती महिलाहरू जो लुगा लगाएर पनि नाङ्गै हुनेछन्, अरूलाई आकर्षित गर्नेछन् र आफैँ पनि आकर्षित हुनेछन्, तिनीहरूको टाउको (केश सजावट) ऊँटको जुरो (कोहान) जस्तै अग्लो हुनेछ।
तिनीहरू स्वर्गमा प्रवेश गर्नेछैनन् न त यसको सुगन्ध नै पाउनेछन्, जबकि स्वर्गको सुगन्ध अत्यधिक दूरीबाट नै अनुभव गर्न सकिन्छ।"
Explanation
पहिलो: गाईको पुच्छरजस्तै लामो कोर्रा बोक्ने मानिसहरू, जसले अरूलाई पिट्नेछन्। उनीहरू अन्यायपूर्ण तरिकाले नियमहरू लागु गर्ने र दमनकारीका दलालहरू हुन्, जसले सोझासाझा जनतामाथि अन्याय गर्नेछन्।
दोस्रो: बेसरम र निर्लज्ज महिलाहरू; जसले सतीत्व, पवित्रता र लज्जाको आवरण त्यागेका छन्, जुन सामान्यतया नारीहरूको लागि जन्मजात र स्वाभाविक हुन्छ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरूलाई यसरी वर्णन गर्नुभयो: नामको लुगा लगाएका तर वास्तवमा नग्न हुनेछन्; किनभने तिनीहरू फेशन र अंगप्रदर्शनको होडमा पातलो र पारदर्शी लुगा लगाउँछन् जसले भित्रको छाला देखिन्छ, साथै तिनीहरू शरीरको केही भाग ढाक्छन् र केही भाग खुला राख्छन्। उनीहरू आफ्नो पहिरन र चालचलनले पुरुषहरूको मन आफूतिर आकर्षित गर्नेछिन्। काँध र घाँटी मटकाउँदै हिँड्नेछिन् र अरूलाई पनि आफू भएको पतन र पथभ्रष्टतातर्फ तान्न प्रयत्न गर्नेछिन्। तिनीहरूको पहिचान भनेको उनीहरूको शिर हल्का झुकेको ऊँटको जुरो जस्तो देखिनु हो। उनीहरूले कपडा, कपाल वा त्यस्तै कुनै वस्तु लगाएर आफ्नो शिरको आकार ठूलो देखाउँछिन्। तिनीहरूको कपाल र चुल्ठो टाउकोमाथि उठेको र ऊँटको जुरो जस्तै एकातर्फ ढल्केको हुने भएकाले यसलाई ऊँटको जुरोसँग तुलना गरिएको छ। तसर्थ, जस-जसमा यी दुर्गुणहरू छन्, ती महिलाहरू यस हदीसमा उल्लेख गरिएको धम्कीका भागीदार हुन्—उनीहरू स्वर्गमा प्रवेश गर्नेछैनन्, न त त्यसको नजिक पुग्नेछन्, न त तिनीहरूले स्वर्गको सुगन्ध पाउनेछन्। जबकि स्वर्गको सुगन्ध धेरै टाढाबाट पनि अनुभव गर्न र सुँघ्न सकिन्छ।
Benefits
अत्याचारी र दमनकारीलाई सहयोग गर्न निषेध गरिएको छ ।
महिलाहरूलाई शरिर प्रदर्शन,नग्नता र त्यस्ता कस्सिएको वा पारदर्शी लुगा लगाउनबाट टाढा रहन सचेत गराइएको छ र चेतावनी दिइएको छ, जसले शरीरका भित्री बाहिरी अङ्गहरू लाई देखाउँछ वा तिनीहरूको आकार प्रष्ट पार्छ।
मुस्लिम महिलाहरूलाई अल्लाहका आदेशहरूको पालना गर्न र उहाँलाई अप्रसन्न वा क्रोधित पार्ने कार्यहरूबाट टाढा रहन प्रोत्साहित गरिएको छ, किनभने त्यस्ता निषेधित कार्यहरू गर्नुले आखिरत (परलोक) मा पीडादायी र भयङ्कर दण्डको भागीदार बनाउँछ।
यो हदीस यस कुराको एउटा प्रमाण हो कि नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका सत्य दूत हुनुहुन्छ, किनकि उहाँले नदेखेका र भविष्यमा हुने घटनाहरूको बारेमा जुन जानकारी दिनुभयो, ती जस्ताको त्यस्तै भइरहेका छन्।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

