यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”
Choose an available translation of this Hadeeth
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, अचानक हामीले केही खसेको आवाज सुन्यौं । तब उहाँले भन्नुभयो: "तिमीहरूलाई थाहा छ यो के (को आवाज) हो?" हामीले भन्यौं: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले भन्नुभयो: "यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरूलाई भन्नुभयो: यो त्यो ढुङ्गाको आवाज हो, जुन सत्तरी वर्षअघि नर्कको किनारबाट फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ, जसको आवाज तिमीहरूले सुन्यौ ।
Benefits
मानिसलाई ज्ञात नभएका विषयहरूमा, ज्ञानलाई सर्वोच्च अल्लाहतर्फ नै फर्काउनु एक प्रशंसनीय र वाञ्छनीय कार्य हो।
कुनै विषयको व्याख्या आरम्भ गर्नु अघि शिक्षकले श्रोतालाई ध्यानाकर्षण गराई तिनको अभिरुचि जगाउनु राम्रो हुन्छ, जसले कुरा बुझ्न अझ सजिलो हुन्छ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

