तिमीले लेखे हुन्छ, कसम (अल्लाहको), जसको कब्जामा मेरो ज्यान छ, यो (मुख) बाट सत्य बाहेक केही निस्कँदैन ।
Choose an available translation of this Hadeeth
Hadeeth text
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुराहरू सुरक्षित राख्ने उद्देश्यले लेख्थें । तर कुरैशका केही मानिसहरूले मलाई त्यसो गर्नबाट रोके र भने, "के तिमी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुरा लेख्छौ, जबकि उहाँ एक पनि मानव हुनुहुन्छ र क्रोध र खुशीको अवस्थामा कुरा गर्नुहुन्छ ? त्यसैले मैले लेख्न बन्द गरें र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसबारे सोधे । उहाँले आफ्नो औंलाले आफ्नो मुखतिर संकेत गर्दै भन्नुभयो: " तिमीले लेखे हुन्छ, कसम (अल्लाहको), जसको कब्जामा मेरो ज्यान छ, यो (मुख) बाट सत्य बाहेक केही निस्कँदैन ।"
Explanation
त्यसपछि मैले यो कुरा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें र उहाँले आफ्नो औंलाले आफ्नो मुखतिर संकेत गर्दै भन्नुभयो: "तिमी लेख, कसम (अल्लाहको), जसको कब्जामा मेरो ज्यान छ, यो मुखबाट रिस र खुशी हरेक परिस्थितिमा सत्य बाहेक केही निस्कँदैन ।"
अल्लाहले स्वयं रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बारेमा भन्नुभएको छ: {उहाँ आफ्नो इच्छाले केही बोल्नुहुन्न । यो केवल वही (प्रकाशना) हो जुन उहाँतर्पफ पठाइएको हो} [सूरा नजम ३-४]
Benefits
उहाँका साथीहरू सुन्नतको रक्षा गर्न र प्रचार गर्न तत्पर थिए ।
कुनै कुरामा जोड दिनको लागि कसम खाने अनुमति छ ।
ज्ञानलाई सुरक्षित राख्ने सबैभन्दा महत्त्वपूर्ण माध्यम लेख्नु हो ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

