अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको प्राण छ, यो समुदायको जो-कोही व्यक्तिले—चाहे त्यो यहूदी होस् वा इसाई—मेरो बारेमा सुनेर पनि ममार्फत पठाइएको सन्देशमा विश्वास नगरी मर्छ भने, ऊ निश्चित रूपमा नरकवासी हुनेछ ।
Choose an available translation of this Hadeeth
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको प्राण छ, यो समुदायको जो-कोही व्यक्तिले—चाहे त्यो यहूदी होस् वा इसाई—मेरो बारेमा सुनेर पनि ममार्फत पठाइएको सन्देशमा विश्वास नगरी मर्छ भने, ऊ निश्चित रूपमा नरकवासी हुनेछ ।"
Explanation
Benefits
जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई अस्वीकार गर्छ, उसले अन्य ईश्दूतहरुमा विश्वास गरेको दाबी गरे पनि त्यसले उसलाई कुनै फाइदा हुने छैन ।
जसले रसुल (सल्लल्लाहु अलैहि वसल्लम) को बारेमा सुनेको छैन र जससम्म इस्लामको सन्देश पुगेको छैन, ऊ यस संसारिक जीवनमा क्षम्य हुनेछ र मृत्युपछि कयामतको दिन (उसको बासस्थानको) निर्णय अल्लाहले गर्नुहुनेछ ।
यदि कसैले मृत्युको केही क्षणअघि वा गम्भीर रोगले ग्रस्त भएको अवस्थामा इस्लाम धर्म स्वीकार गर्छ भने, उसले त्यसबाट लाभ प्राप्त गर्न सक्छ। यो फाइदा तबसम्म मात्र प्राप्त गर्न सकिन्छ जबसम्म प्राण घाँटीमा आइपुगेको हुँदैन।
यहूदी र ईसाई सहित काफिरहरूको धर्मलाई सही ठान्नु कुफ्र हो ।
यस हदीसमा यहूदी र ईसाईहरूलाई अहले-किताब (ग्रन्थ दिइएका समुदाय) को रूपमा उल्लेख गरी अन्य धर्मावलम्बीहरूलाई सचेत गराइएको छ। यी दुई समुदायलाई ईश्वरीय ग्रन्थ प्रदान गरिएको भए तापनि उनीहरूको अवस्था यस्तो भएको हुनाले, ग्रन्थ नभएका अन्य समुदायको अवस्था के होला भनी प्रश्न उठाइएको छ। तसर्थ, सबै समुदायले इस्लाम धर्म स्वीकार्नु र रसुल (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरण गर्नु अनिवार्य छ ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

