मलाई पाँचवटा कुराहरू दिइएको छ जुन मभन्दा पहिले कुनै पनि नबीलाई दिइएको थिएन
Choose an available translation of this Hadeeth
Hadeeth text
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मलाई पाँचवटा कुराहरू दिइएको छ जुन मभन्दा पहिले कुनै पनि नबीलाई दिइएको थिएन : मलाई एक महिनाको दूरीसम्म डरले सहयोग गरिएको छ। सम्पूर्ण पृथ्वीलाई मेरो लागि उपासनास्थल र पवित्रताको माध्यम बनाइएको छ, त्यसैले मेरो उम्मतमध्ये जसले जहाँ पनि नमाजको समय पाउँछ, उसले त्यहाँ नमाज पढोस्। युद्धको धन मेरो लागि वैध गरिएको छ र मभन्दा पहिले कसैको लागि वैध थिएन। मलाई मध्यस्थता प्रदान गरिएको छ। अन्य नबीहरू आफ्नो समुदायको लागि खास गरेर पठाइएको थियो, तर मलाई सम्पूर्ण मानवजातिको लागि पैगम्बरको रूपमा पठाइएको छ।"
Explanation
पहिलो : मलाई त्रासद्वारा सहायता दिइएको छ, जुन मेरा शत्रुहरूको हृदयमा हालिदिएको छ, चाहे तिनीहरू र मेरो बीचमा एक महिनाको दूरी नै किन नहोस्।
दोस्रो : सम्पूर्ण पृथ्वीलाई हाम्रो लागि मस्जिद बनाइएको छ ताकि हामी जहाँ चाहन्छौं त्यहाँ प्रार्थना गर्न सकौं। त्यसैगरी, पानी पाउन नसकेको अवस्थामा माटोद्वारा पवित्रता प्राप्त गर्छौं।
तेस्रो : युद्धको धनमाल हाम्रो लागि वैध गरिएको छ, जुन मुस्लिमहरूले काफिरहरूसँगको युद्धमा लिन्छन्।
चौथो : मलाई न्यायको दिनको भयावहबाट मानिसहरूलाई राहत दिनको लागि ठूलो मध्यस्थता (सिफारिसको हक) प्रदान गरिएको छ।
पाँचौ : मलाई सबै जिन्न र मानवहरूको लागि पैगम्बरको रूपमा पठाइएको छ, जबकि मभन्दा पहिलेका पैगम्बरहरूलाई आफ्नै राष्ट्रहरूको लागि पैगम्बरको रूपमा पठाइएको थियो।
Benefits
अल्लाहले यस राष्ट्र र यसका पैगम्बरलाई यी गुणहरूले कृपा गर्नुभएको छ।
सबै परिस्थितिमा समयमै नमाज पढ्नु अनिवार्य छ। नमाजका बाँकी शर्तहरू र त्यसका आधार एवं त्यसका वाजिब (गर्नै पर्ने कुरा) हरू सकेसम्म पुरा गर्ने ।
नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई विशेष रूपमा दिइएको (शिफाअत) मध्यस्थता धेरै प्रकारका छन्; जस्तैः सेवकहरू बीच हिसाबकिताब आरम्भ गर्न मध्यस्थता, स्वर्गवासीहरूलाई स्वर्गमा प्रवेश गराउनको लागि मध्यस्थता। त्यसैगरी आफ्नो काका अबु तालिबको सजाय कम गर्न मध्यस्थता । याद राख्नुहोस्, अबु तालिबलाई नर्कबाट निकाल्नको लागि तपाईं मध्यस्थता गर्नुहुन्न, किनकि उनको निधन कुफ्र (अविश्वास) को अवस्थामा भएको थियो ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) का धेरै विशेषताहरू छन्, जुन यस हदीसमा उल्लेख गरिएका छैनन्, जस्तै सबैभन्दा छोटो शब्दमा व्यापक कुरा बोल्ने क्षमता, उहाँ सम्पूर्ण दूतहरूको समापक हुनुहुन्छ र हाम्रो (नमाजको लागि लगाइने) पंक्ति फरिश्ताहरूको पंक्ति जस्तो बनाइयो र अन्य विशेषताहरू।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

