افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#65034[हसन]
HadeethEnc · 1.59.0

जब अल्लाहले स्वर्ग र नर्क सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम)

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जब अल्लाहले स्वर्ग र नर्क सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम) लाई स्वर्ग तिर पठाउदै भन्नुभयो: स्वर्ग र स्वर्गवासीहरूका लागि मैले तयार पारेको कुराहरूलाई अवलोकन गरेर आऊ । उनी गएर हेरे अनि फर्केर भने : तपाईंको महिमा र प्रभुत्वको कसम! जसले स्वर्गको बारेमा सुन्नेछ, त्सयमा अवश्य नै प्रवेश गर्नेछ । त्यसपछि अल्लाहको आदेश अनुसार स्वर्गलाई अप्रिय चीजहरूले घेरियो, अनि वहाँले जिब्रीललाई भन्नुभयो: अब जाऊ, स्वर्ग र स्वर्गवासीहरूका लागि बनाइएका चीजहरूलाई हेर । जिब्राइलले हेरे र त्यसलाई कठिनाइहरूले घेरेको पाए। उनी फर्किए र भने: तपाईंको महिमा र प्रभुत्वको कसम! मलाई डर छ कोही पनि त्यसभित्र प्रवेश गर्न सक्षम हुने छैन। त्यसपछि, अल्लाहले भन्नुभयो: "मैले नर्कका मानिसहरूका लागि के तयार पारेको छु त्यसलाई अवलोकन गरेर आऊ" । उनले देखे, नर्कको आगोको (लप्को) एकअर्कासँग भिडिरहेका थियो (घनिष्ट र भयावह थियो) । उनी फर्केर आए र भने: तपाईंको महिमा र प्रभुत्वको कसम! यसमा कोही पस्ने छैन। त्यसपछि अल्लाहको आदेश अनुसार नर्कलाई इच्छा, आकांक्षा तथा वासनाले घेरियो । अल्लाहले जिब्रील (अलैहिस्सलाम) लाई अब गएर हेर्न भन्नुभयो, उनि गए र फर्केर भने: तपाईंको महिमा र प्रभुत्वको कसम! मलाई डर छ, यसबाट कोही पनि जोगिन सक्दैन र सबैजना यसमा प्रवेश गर्नेछन् ।"
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जब अल्लाहले स्वर्ग र नर्कलाई सृष्टि गर्नुभयो, तब अल्लाहले जिब्रील (देवदूत) लाई स्वर्गलाई हेर्न आदेश दिनुभयो, जिब्रीलले गएर देखे र फर्किएर भने: हे प्रभु! तपाईंको महिमा र प्रभुत्वको कसम ! जसले स्वर्ग र यसमा रहेका आनन्द, सत्कार र सुविधाको बारेमा सुन्छ, पक्कै पनि यसमा प्रवेश गर्न चाहन्छ र त्यस निम्ति कार्म गर्नेछ । त्यसपछि, अल्लाह तआलाले स्वर्गलाई मन लाई अप्रिय र कठिन लग्ने सूकर्महरूले घेरिदिनु भयो, जस्तोकि आदेशहरु को पालना गर्नु र वर्जित कुराहरु बाट टाढा हुनु । यसर्थ, स्वरमा प्रवेश गर्नको लागि यी अप्रिय र कठिन सूकर्महरू गर्न आवश्यक छ । त्यसपछि अल्लाहले जिब्रीललाई पुनः स्वर्ग र स्वर्गवासीहरूका लागि बनाइएका चीजहरूलाई हेर्न भन्नुभयो । उनी गए र स्वर्ग देखेर आएर भने: हे मेरो प्रभु! तपाईंको महिमा र प्रभुत्वको कसम ! मलाई डर छ कि स्वर्गमा प्रवेश पाउन निमित्त जुन अप्रिय र कठिन सूकर्महरू गर्नु सम्बन्धमा कठिनाइ र दुखहरू बेहोर्न बाध्य हुनुपर्छ त्यसले गर्दा कोही पनि स्वर्गमा प्रवेश गर्न सक्षम हुने छैन । र जब अल्लाहले नर्कको सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम) लाई नर्कलाई हेर्न आदेश दिनुभयो, अनि उनी गए र देखे , र फर्केर आएर भने: हे प्रभु! तपाईंको महिमा र प्रभुत्वको कसम ! जसले पनि नर्कका पीडा, कष्ट र यातनाहरूको बारेमा सुन्नेछ, उ त्यसमा प्रवेश हुन्छ कि भनेर भयभीत हुनेछ र नर्कमा पार्ने कारणहरूबाट टाढा रहनेछ । त्यसपछि अल्लाहले नर्क र त्यसतर्फ जाने बाटोलाई (वर्जित) इच्छा, आकांक्षा तथा मनमोहक चीजहरूले घेरि दिनुभयो र भन्नुभयो: हे जिब्रील! अब जाऊ र नर्कलाई हेरेर आऊ, जिब्रील गए र देखेर फर्किएर भने: हे मेरा प्रभु! तपाईंको महिमा र प्रभुत्वको कसम, मलाई डर र त्रास छ, कि कुनै पनि मानिस यसबाट बच्नेछैन, किनकि नर्कलाई आकांक्षा, मनमोहक र वासनामय चीजहरूले घेरिएको छ, ( जस तर्फ मन लहसिन्छ )
03

Benefits

यस हदीस बाट स्वर्ग र नरक अहिले नै अवस्थित छन् भन्ने तथ्यमा विश्वास राख्ने कुरा प्रस्ट हुन्छ ।
यस हदीस बाट स्पष्ट हुन्छ कि गैब (परोक्ष,अदृश्य ) तथा अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित सबै कुराहरूमा विश्वास गर्नु अनिवार्य छ।
अप्रिय र कठिन सूकर्महरू र भाग्य लाई धैर्यता पूर्वक बेहोर्नु महत्त्वपूर्ण कर्म हो, किनभने यो स्वर्ग सम्म पुर्‍याउने बाटो हो ।
हराम र वर्जित कुराहरूबाट जोगिन महत्त्वपूर्ण कर्म हो ; किनभने ती कुकर्महरूले नर्कमा लैजान्छ ।
स्वर्गलाई अप्रिय चीजहरूले र नर्कलाई इच्छा तथा आकांक्षाहरूले घेरिएको छ। किनकि यो सांसारिक जीवन परीक्षा हो ।
स्वर्गको बाटो कठिनाइहरूले भरिएको छ। यो बाटो काट्न ईमानसँगै धैर्य र सहनशीलता चाहिन्छ । जबकि नर्क जाने बाटो सांसारिक सुख, लोभ र वासनाहरूले भरिएको छ ।

Attribution

[अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...