افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#6327[सही]
HadeethEnc · 1.59.0

आदमका सन्तानले मलाई झुटो ठहर्याउँछन्, जबकि उसलाई त्यसो गर्ने अधिकार छैन। उसले मेरो अपमान गर्छ, जबकि उसलाई त्यसो गर्ने अधिकार छैन।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुहुन्छ कि अल्लाहले भन्नुभयो: "आदमका सन्तानले मलाई झुटो ठहर्याउँछन्, जबकि उसलाई त्यसो गर्ने अधिकार छैन। उसले मेरो अपमान गर्छ, जबकि उसलाई त्यसो गर्ने अधिकार छैन। उसले मलाई झुठो यसरी ठहर्याउँछ कि मैले उसलाई पहिलो पटक सृष्टि गरे जस्तै पुनः सृष्टि गर्न सक्दिनँ भन्छ, जबकि दोस्रो पटक सिर्जना गर्नु पहिलो पटक सिर्जना गर्नुभन्दा सजिलो छ। उसले मेरो (अल्लाहको) छोरा छ भनेर मेरो अपमान गर्छ, जबकि म एक हुँ र मलाई कसैको आवश्यकता छैन, जबकि सारा संसार र सृष्टिलाई मेरो आवश्यकता छ, न मैले कसैबाट जन्म लिएको छु, न कोही मबाट जन्मेको छ र मेरो बराबर कोही पनि छैन ।”
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस कुद्सी मा स्पष्ट पार्नुभएको छ कि सर्वोच्च र महान् अल्लाहले मूर्तिपूजकहरू र अविश्वासीहरू बारे बताउनुभयो कि तिनीहरूले उहाँलाई झूटो ठान्छन् र दोष तथा अवगुणहरू द्वारा उहाँको वर्णन गर्छन्, जबकि तिनीहरूका लागि यस्तो गर्नु उचित छैन।

अल्लाहलाई झुठो भन्नु भनेको यो दाबी गर्नु हो कि जसरी अल्लाहले तिनीहरूलाई पहिलो पटक शून्यबाट सृष्टि गर्नुभयो, त्यसैगरी मृत्युपछि फेरि सृष्टि गर्न सक्नुहुन्न। त्यसैले उहाँले तिनीहरूको खण्डन गर्दै जवाफ दिनुभयो: शून्यबाट सृष्टि गर्ने अल्लाह पुनः सृष्टि गर्न सक्षम हुनुहुन्छ, बरु यो त झन् सजिलो छ। वास्तवमा, अल्लाहका लागि सृष्टि र मृत्युपछि पुनः सृष्टि गर्नु दुवै समान छन्, किनभने अल्लाह हरेक कुरामाथि पूर्ण सक्षम हुनुहुन्छ।

अल्लाहलाई गाली गर्नु भनेको उहाँको छोरा छ भनी दाबी गर्नु हो। यसको खण्डन गर्दै उहाँले जवाफ दिनुभएको छ कि उहाँ एक्लै हुनुहुन्छ। उहाँ आफ्ना नाम, गुण र कर्महरूमा अद्वितीय हुनुहुन्छ। उहाँ हरेक कमी र दोषबाट मुक्त हुनुहुन्छ। उहाँ निरपेक्ष हुनुहुन्छ, जसलाई कसैको आवश्यकता पर्दैन तर सबैलाई उहाँको आवश्यकता छ। उहाँ न त कसैबाट जन्मिनुभएको हो, न कोही उहाँबाट जन्मेको छ, र उहाँको बराबर कोही छैन।
03

Benefits

यसबाट प्रस्ट हुन्छ कि अल्लाह परिपूर्ण र सर्वशक्तिमान हुनुहुन्छ ।
यसमा मृत्युपछि पुनः जीवित हुने प्रमाण छ ।
जसले 'बअ्स' (पुनः जीवित) हुने कुरालाई अस्वीकार गर्छ वा अल्लाहको छोरा छ भन्छ, ऊ काफिर हो ।
सर्वशक्तिमान अल्लाह जस्तो कोही छैन ।
अल्लाह अत्यन्त क्षमाशील हुनुहुन्छ। उहाँले काफिर (अविश्वासी) हरूलाई समेत पश्चात्ताप गर्न र सही मार्गमा फर्कने मौका दिनको लागि छुट प्रदान गर्नुहुन्छ।

Attribution

[बुखारीले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...