افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3469[सही]
HadeethEnc · 1.59.0

तिमीहरू मध्यमार्ग र सही बाटो अपनाऊ । जानि राख, तिमीहरूमध्ये कोही पनि आफ्नो कर्मले मुक्ति पाउन सक्दैनौ।" सहाबाहरूले सोधे: "हे रसूल! तपाईँ पनि होइन?" उहाँले भन्नुभयो: "म पनि होइन, तर अल्लाहले मलाई आफ्नो रहमत र कृपाले ढाक्नुभएको छ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरू मध्यमार्ग र सही बाटो अपनाऊ । जानि राख, तिमीहरूमध्ये कोही पनि आफ्नो कर्मले मुक्ति पाउन सक्दैनौ।" सहाबाहरूले सोधे: "हे रसूल! तपाईँ पनि होइन?" उहाँले भन्नुभयो: "म पनि होइन, तर अल्लाहले मलाई आफ्नो रहमत र कृपाले ढाक्नुभएको छ।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबाहरूलाई निरन्तर कार्य गर्न, अतिशयोक्ति र फजुल खर्चबाट बच्न, सकेसम्म अल्लाहको डर मान्न, सत्यलाई आफ्नो कार्यको लक्ष्यको रूपमा पछ्याउन, इमानदारी र सुन्नतको पालना गर्न प्रोत्साहित गर्नुभयो, ताकि तिनीहरूका कार्यहरू स्वीकार गरियोस् र अल्लाहको रहमत तिनीहरू माथि अवतरित होस्।

त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबाहरूलाई बताउनुभयो, तिमीहरूमध्ये कसैको पनि कार्यले उसलाई बचाउन सक्दैन। बरू अल्लाहको रहमत अनिवार्य छ।

साथीहरूले सोधे: हे रसूल! तपाईंका यति ठूलो स्थान र कर्महरूले पनि तपाईंलाई बचाउन सक्दैनन्?

उहाँले जवाफ दिनुभयो: म पनि होइन, जबसम्म अल्लाहले मलाई आफ्नो
कृपाले ढाक्नुहुन्न ।
03

Benefits

इमाम नववीले भनेका छन्:" सद्दिदू वा क़ारिबू" को अर्थ हो, सही मार्गमा लाग्नुहोस् र यदि त्यसमा पूर्ण रूपमा सफलता प्राप्त गर्न असमर्थ हुनुहुन्छ भने, त्यसको नजिक जानुहोस्। अर्थात्, यसलाई सम्भव नजिक ल्याउनुहोस्। 'सेदाद' भनेको सही मार्ग हो, जुन अत्यधिकता र आलस्य बीचको सन्तुलन हो। त्यसैले न त अत्यधिक गर्नुपर्छ न त लापरवाह हुनुपर्छ।
ईमाम इब्न बाजले भनेका छन्: "सद्गुण कार्यहरू स्वर्गमा प्रवेश गर्ने कारणहरू हुन्, त्यसै गरी खराब कार्यहरू नरकमा प्रवेश गर्ने कारण हुन्। यो हदीसले स्पष्ट पार्दछ, स्वर्गमा प्रवेश केवल भलाईका कामहरूको आधारमा होइन, बरु अल्लाहको क्षमा र रहमतको आवश्यकता छ। मानिसहरू आफ्ना कार्यहरूको कारणले स्वर्गमा प्रवेश गर्छन्, तर तिनीहरूको प्रवेशको मुख्य कारण अल्लाहको रहमत, क्षमा र माफी हो।
मानिसले उसको कार्यको स्तर जति उच्च भए तापनि, त्यसमा गर्व वा अहंकार गर्नु हुँदैन, किनकि अल्लाहको अधिकार उसको कार्यभन्दा धेरै ठूलो छ। त्यसैले, सेवक डर र आशा दुवैले सुसज्जित हुनुपर्छ।
अल्लाहको कृपा र रहमत आफ्ना बन्दाहरूको कार्यहरूभन्दा धेरै विशाल छ।
सद्गुणपूर्ण कार्हयरू स्वर्गमा प्रवेश गर्ने कारण हुन्, तर स्वर्गमा सफलतापूर्वक प्रवेश गर्नु अल्लाहको कृपा र रहमतद्वारा मात्र सम्भव हुन्छ।
इमाम करमानीले भनेका छन्: यदि सबै मानिसहरू अल्लाहको रहमत बिना स्वर्गमा प्रवेश गर्न सक्दैनन् भने नबी (सल्लल्लाहु अलैहि वसल्लम) को विशेष उल्लेख गर्नेको कारण यो हो कि उहाँलाई निश्चित रूपले स्वर्गमा प्रवेश गर्ने कुरा थाहा छ, तै पनि उहाँको प्रवेश केवल अल्लाहको रहमतद्वारा मात्र हुनेछ। जब कुरा यस्तो हो भने अन्य सबै मानिसहरूलाई स्वर्गमा प्रवेशका लागि अल्लाहको रहमत अझ बढी आवश्यक पर्छ ।
नववीले भने: अल्लाहको वचनहरू बीच कुनै विरोधाभास छैन: (तिमीहरूले यस संसारमा गरेका कामहरूको कारणले स्वर्गमा प्रवेश गर) [अन-नहल: ३२], (यो त्यो स्वर्ग हो जसको उत्तराधिकारी तिमीहरूले गरेका कामहरूको कारणले बनाइएको हो) [अज-जुखरुफ: ७२] र अन्य यस्तै पदहरू जसले संकेत गर्दछ, व्यक्तिलाई उसको कर्मको कारणले स्वर्गमा प्रवेश दिइनेछ। किनभने यी पदहरूको अर्थ केवल यो हो स्वर्गमा प्रवेश कर्मको कारणले हो। तर कर्मको सफलता, तिनीहरूको इमानदारी र तिनीहरूको स्वीकृति अल्लाहको दया र अनुग्रहको कारणले हो। यी हदीसहरूको उद्देश्य यही हो। त्यसैले, स्वर्गमा प्रवेश कर्मको कारणले हो, तर कर्मको सफलता अल्लाहको दयाको कारणले हो।
इब्न अल-जौजीले यस विषयमा चार उत्तरहरू उल्लेख गरेका छन्: १- कार्यको सफलता अल्लाहको दयाबाट आउँछ। यदि अल्लाहको दया नहुने हो भने, नत इमान प्राप्त हुन्थ्यो, नत आज्ञापालन सम्भव हुन्थ्यो, जसले मुक्तितर्फ डोऱ्याउछ। २- दासको कार्यहरू उसको मालिक (अल्लाह) का लागि हुन्छन्, त्यसैले उसको काम पनि उसको मालिकको अधिकार हो। यस्तो अवस्थामा, मालिकले आफ्नो दासलाई जे पनि इनाम दिन्छ, त्यसलाई उसको अनुग्रह र उदारता भनिनेछ। ३- केही हदीसहरूमा अल्लाहको कृपाले स्वर्गमा प्रवेश प्रदान गरिने र विभिन्न स्तरहरू (दर्जाहरू) बन्दाका कार्यहरूको आधारमा हुनेछ भन्ने उल्लेख गरिएको छ। ४- असल काम गर्न थोरै समय लाग्छ, तर फलस्वरूप प्राप्त हुने प्रतिफल स्थायी हुन्छ। त्यसैले, यो बदला केवल अल्लाहको कृपा र अनुग्रहद्वारा प्रदान गरिन्छ, न कि कर्महरूको प्रत्यक्ष अदला-बदलीको रूपमा।
राफेईले भनेका छन्: कर्म गर्ने व्यक्तिले उद्धार प्राप्त गर्न वा उच्च स्तरहरू प्राप्त गर्न आफ्नो कार्यमाथि निर्भर हुनु हुँदैन। किनभने, उसले जुनसुकै कार्य गरेको छ, त्यो अल्लाहको तौफीक(अनुग्रह) र सहयोग द्वारा भएको हो। उसले पापबाट आफूलाई जोगाएको छ भने, त्यो पनि अल्लाहको सुरक्षा द्वारा मात्र सम्भव भएको हो। त्यसैले, यी सबै कुरा अल्लाहको कृपा र रहमतद्वारा सम्पन्न हुन्छन्।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...