افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3636[सही]
HadeethEnc · 1.59.0

मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, म त्यही अनुसार उसको लागि हुन्छु। म उसको साथमा हुन्छु जब ऊ मलाई सम्झिन्छ

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : अल्लाहको सन्देष्टा रसूल अलैहि व सल्लम) ले भन्नुभयो: अल्लाह तआलाले भन्नुहुन्छ: "मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, म त्यही अनुसार उसको लागि हुन्छु। म उसको साथमा हुन्छु जब ऊ मलाई सम्झिन्छ। यदि उसले मलाई आफ्नो मनमा सम्झिन्छ भने, म पनि उसलाई आफ्नो मनमा सम्झिन्छु। यदि उसले मलाई कुनै समूहमा सम्झिन्छ भने, म उसलाई त्यो समूहभन्दा राम्रो समूहमा सम्झिन्छु। यदि ऊ मेरो नजिक एक शिब्र (एक बित्ता) आउँछ भने, म उसको नजिक एक जिराअ (एक हात) जान्छु। यदि ऊ मेरो नजिक एक हात आउँछ भने, म उसको नजिक एक बाअ (दुई हात) जान्छु। ऊ मतिर हिंड्दै आउँछ, म उसकोतिर दौडँदै आउँछु।"
02

Explanation

रसूल अलैहि वसल्लम) ले जानकारी दिनुभएको छ, अल्लाह ताआलाले भन्नुहुन्छ:

म मेरो सेवकको विचार अनुसार काम गर्छु। उसले मलाई जस्तो सोच्दछ, त्यसरी नै उसलाई व्यवहार गर्छु। राम्रो भनेको राम्रो हो र नराम्रो भनेको नराम्रो हो। जब उसले मलाई सम्झन्छ, मेरो दया, अनुग्रह, समर्थन, मार्गदर्शन र सुरक्षा उससँग रहन्छ।

यदि उसले मेरो महिमा गर्छ र एकान्तमा तहलील पढ्छ र यसरी मलाई सम्झन्छ भने, म उसलाई एकान्तमा सम्झन्छु।

यदि ऊ मलाई कुनै समूहमा सम्झन्छ भने, म उसलाई त्यो समूहभन्दा ठूलो र राम्रो समूहमा सम्झन्छु।

जो अल्लाहको तर्फ एक शिब्र (एक बित्ता) नजिक जान्छ, अल्लाह उसको तर्फ एक जिराअ (एक हात) नजिक आउनुहुन्छ।

यदि उसले अल्लाहको तर्फ एक जिराअ (एक हात) नजिक जान्छ भने, अल्लाह उसको तर्फ एक बाअ (दुई हात) नजिक आउनुहुन्छ।

यदि ऊ अल्लाह तर्फ हिँडेर आउँछ भने, अल्लाह ऊ तर्फ दौडेर आउनुहुन्छ।

छोटकरीमा भन्नुपर्दा, जब कुनै सेवक आज्ञाकारिता र दासतामा आफ्नो पालनकर्तातर्फ अगाडि बढ्छ, अल्लाह सर्वशक्तिमानले उसलाई आफ्नो नजिक खिच्नुहुन्छ।

उपासनाको कार्य जति पूर्ण हुन्छ, अल्लाह त्यति नै नजिक हुनेछन्। अल्लाहको आशीर्वाद र उनको प्रतिफल सेवकको कार्य र प्रयास भन्दा धेरै ठूलो छ।

मोमिन सधैं अल्लाहप्रति राम्रो धारणा राख्छ, ऊ कर्ममा सक्रिय हुन्छ र अल्लाहलाई नभेट्दासम्म कर्मप्रतिको जोश बढ्दै जान्छ।
03

Benefits

यो हदीसलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्बाताट बयान गर्नुभएको छ, जसलाई 'हदीस कुदसी' वा 'हदीस-ए-इलाही' भनिन्छ । यसको शब्द र अर्थ दुबै अल्लाहको हो । तर, कुरआनका विशेषताहरू यसमा पाइँदैन, जस्तै: यसको तिलावत गर्नु, यसको लागि तहारत (शरीरको पवित्रता) प्राप्त गर्नु, उपासना आदि ।
अल-अजुरीले भने: सत्यवानहरूले अल्लाहलाई त्यही रूपमा वर्णन गर्छन् जुन उहाँले आफूलाई वर्णन गर्नुभएको छ र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तथा उहाँका साथीहरूले उहाँलाई जुन रूपमा वर्णन गर्नुभएको छ। यो ती विद्वानहरूको सिद्धान्त हो जसले अनुसरण गरे र आविष्कार गरेनन्। अहले सुन्नत वल जमाअतले अल्लाहको लागि त्यो कुरा पुष्टि गर्छन्, जुन उहाँले आफ्नो लागि नाम र विशेषताहरूको रूपमा पुष्टि गर्नुभएको छ, विकृति, अस्वीकार, हेरफेर वा कुनै पनि कुरासँग तुलना नगरी। उनीहरूले अल्लाहको लागि त्यो कुरा अस्वीकार गर्छन् जुन उहाँले आफ्नो लागि अस्वीकार गर्नुभएको छ र उनीहरू अस्वीकार वा पुष्टिकरणको सन्दर्भमा उल्लेख नगरिएको कुराको बारेमा मौन रहन्छन्। सर्वशक्तिमान अल्लाहले भन्नुभयो: "उहाँ जस्तो केही छैन र उहाँ सर्वश्रोता र सर्वदेखी हुनुहुन्छ।"
अल्लाहप्रति राम्रो सोच राखेर मात्र हुदैन तर यसको साथ कर्म पनि हुनुपर्छ। हसन बसरी (रहमतुल्लाह अलैह) ले भनेका छन्: "मुमिनले आफ्नो रब प्रति राम्रो सोच राख्छ, त्यसैले राम्रो काम गर्छ। जबकि दुष्ट व्यक्तिले आफ्नो रब प्रति खराब सोच राख्छ र त्यसैले खराब काम गर्छ।
अल-कुर्तुबी भन्छन्: "म मेरो सेवकको अपेक्षा अनुसार काम गर्छु।" यसको अर्थ प्रार्थना गर्दा अनुग्रहको अपेक्षा, पश्चात्ताप गर्दा स्वीकृतिको अपेक्षा, क्षमा माग्दा क्षमाको अपेक्षा र इस्तिगफार गर्दा पाप क्षमा हुने आशा। त्यसकारण, सेवकले आफ्नो दायित्वहरू हृदयले पूरा गर्नुपर्छ, किनभने अल्लाहले उसलाई स्वीकार गर्नेछन् र क्षमा गर्नेछन्। किनभने यो उहाँको वाचा हो र उहाँको वाचा तोडिएको छैन। यसको विपरीत, यदि कसैले विश्वास गर्छ वा महसुस गर्छ, अल्लाहले उसको उपासना स्वीकार गर्नुहुनेछैन वा यसले उसलाई फाइदा पुर्‍याउने छैन भने, यो अल्लाहको दयाबाट निराशा हो र यो एउटा ठूलो पाप हो। अनि जो कोही त्यही अवस्थामा मर्छ उसलाई उसले सोचेको कुरामा छोडिनेछ। जस्तै यस हदीसको केही संस्करणहरूमा भनिएको छ: "त्यसैले मेरो सेवकले मेरो बारेमा जे चाहन्छ अनुमान गरून्।" उनले भने: पाप गरिरहदा क्षमाको अपेक्षा गर्नु केवल अज्ञानता र भ्रम हो।
जिब्रो र हृदय दुवैले धेरैभन्दा धेरै अल्लाहलाई सम्झन प्रोत्साहन। अल्लाहको भय व्यक्तिको हृदयमा हुनुपर्छ, उहाँको महानता र सत्यताको भावना प्रमुख हुनुपर्छ, उहाँसँग आशा जोडिएको हुनुपर्छ, प्रेम कायम राख्नुपर्छ, असल विचारहरू कायम राख्नुपर्छ, हाँका लागि शुद्ध र इखलाससहित कर्म गर्नुपर्छ र जिब्रोले भन्नु पर्छ: "सुब्हान अल्लाह, अल्हम्दुलिल्लाह, वला इल्लाह इल्लल्लाह, वल्लाहु अकबर, वला हौला वाला कुव्वत इल्ला बिल्लाह।"
इब्न अबी जमरा भन्छन्: जसले डरको अवस्थामा अल्लाहलाई सम्झन्छ, अल्लाहले उसलाई शान्ति प्रदान गर्नुहुन्छ र जसले आत्तिएको अवस्थामा अल्लाहलाई सम्झन्छ, अल्लाहले उसको डरलाई हटाउनुहुनेछ।
शिब्र: भन्नाले हात फैलाउँदा सानो औँलाको टुप्पोदेखि ठुलो औँलाको टुप्पोसम्मको दूरी हो। जेराअ: भन्नाले मध्यम औँलाको टुप्पोदेखि कुहिनाको हड्डीसम्मको दूरी हो। बाअ: भन्नाले मानिसको दुवै हातको लम्बाइ, बाँहहरू (हातको माथिल्लो भाग) र छातीको चौडाइको कुल मापन हो। यो झन्डै चार जेराअको बराबर हुन्छ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...