افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#5493[सही]
HadeethEnc · 1.59.0

अल्लाहलाई बलवान् मुमिन (विश्वासी) कमजोर मुमिन भन्दा राम्रो र अधिक प्रिय छ, तर दुवैमा भलाई छ ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहलाई बलवान् मुमिन (विश्वासी) कमजोर मुमिन भन्दा राम्रो र अधिक प्रिय छ, तर दुवैमा भलाई छ । तिमीले आफूलाई लाभदायक हुने कुराको लागि प्रयासरत रहनुपर्छ, अल्लाहसँग मद्दत माग्नु र हरेस नखानु । कुनै विपत्ति आइपर्‍यो भने यदि मैले यो गरेको भए यो र यो हुन्थ्यो भनी नभन्नु, बरु यसो भन्नु, "कदरुल्लाहि वमा शाअ फअ़ल" (अर्थात यो अल्लाहको निर्णय हो र उहाँ जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ) । किनकि 'यदि' शब्दले शैतानलाई मनभित्र खेल्ने मौका दिन्छ।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रत्येक मुमिन राम्रो हुन्छ भनेर बताउनु भएको छ, तर आफ्नो ईमान, दृढ संकल्प, धन र शक्तिका अन्य पक्षहरूमा बलियो मुमिन अल्लाहलाई कमजोर मुमिन भन्दा झन् राम्रो र अधिक प्रिय हुन्छ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले (मुमिन) विश्वासीहरूलाई संसार र परलोकमा लाभदायी कुराहरू प्राप्त गर्नका लागि असबाब (साधन) अपनाउन, महानतम अल्लाह माथि भरोसा राख्न, उहाँसँग सहयोग माग्न र उहाँमाथि तवक्कुल (पूर्ण भरोसा) गर्न उपदेश दिनुभयो। साथै नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अक्षमता, आलस्य र दुबै संसारमा लाभकारी कार्य गर्नबाट पछि हट्न अथवा लापरवाही गर्न निषेध गर्नुभयो । यदि मुमिनले अल्लाहसंग मद्दत खोज्दै र भलाइको लागि दुआ गर्दै लगनशीलताका साथ काम गर्छ, श्रोत र साधनहरूको प्रयोग गर्छ भने, त्यसपछि उसले आफ्ना सबै मामिलाहरू अल्लाहलाई सुम्पनुपर्छ। र उसलाई यसमा पूर्ण विश्वास गर्नुपर्छ कि अल्लाहको छनौट नै उसको लागि सबैभन्दा उत्तम हुनेछ। त्यसपछि यदि उसलाई कुनै विपत्ति आइपर्‍यो भने, उसले यसो भन्नु हुँदैन कि "यदि मैले त्यसो गरेको भए यो हुन्थ्यो"; "किनभने अरेबिक भाषाको शब्द ‘लौ’ अर्थात "यदि" भन्नाले भाग्यप्रति आपत्ति र बितेको कुरामा पश्चात्ताप उत्पन्न गरी शैतानको लागि मान्छेलाई भ्रममा पार्ने ढोका खोलिदिन्छ; । बरु भक्तले सन्तुष्टि र आत्मसमर्पणको प्रमाण दिँदै यसो भन्नु पर्छ: "कदरुल्लाहि वमा शाअ फअल" अर्थात यो अल्लाहको निर्णय हो र उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ ।" तसर्थ जे भयो त्यो अल्लाहको इच्छाअनुसार नै भयो। उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ। उहाँको निर्णयलाई कसैले रोक्न सक्दैन र कसैले उहाँको आदेशलाई परिवर्तन सक्दैन।
03

Benefits

ईमान र विश्वासमा मानिसहरूको भिन्न भिन्न स्तरका हुन्छन् ।
कर्महरूमा बल र शक्ति अपनाउनु प्रशंसनीय हो; किनभने यसबाट यस्तो लाभ प्राप्त हुन्छ जुन कमजोरीबाट प्राप्त हुँदैन।
मानिसले आफूलाई फाइदा हुने कुरामा ध्यान दिनुपर्छ र नचाहिने कुराहरूबाट टाढा रहनुपर्छ ।
मुमिनले आफ्नो हरेक कार्यमा अल्लाहको सहारा लिनुपर्छ र केवल आफुमा निर्भर हुनु हुँदैन।
यसबाट कजा व कद्र (आदेश र भाग्य) को पुष्टि हुन्छ। कुनै पनि पुण्य कर्म गर्दा प्रयासरत रहनु र साधनहरू प्रयोग गर्नु तकदीर विपरीत होइन ।
विपत्ति आइपर्दा रिसले "यदि, उसोभए, यसोभए" जस्ता शब्दहरू प्रयोग गर्नु र अल्लाहको आदेश तथा भाग्यको विरोध गर्नु निषेध गरिएको छ।

Attribution

[मुस्लिमले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...