افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#5456[हसन]
HadeethEnc · 1.59.0

हे आदमको सन्तान! जबसम्म तिमी मलाई पुकारिरहन्छौ र आशा राख्छौ, तिम्रा पापहरू जतिसुकै भए पनि म क्षमा गरिरहनेछु र मलाई त्यसको परवाह छैन ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "अल्लाहले भन्नुभयो: हे आदमको सन्तान! जबसम्म तिमी मलाई पुकारिरहन्छौ र आशा राख्छौ, तिम्रा पापहरू जतिसुकै भए पनि म क्षमा गरिरहनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान! यदि तिम्रो पाप आकाश जत्तिकै अग्लो भए पनि र तिमीले मसँग माफी माग्यौ भने म तिमीलाई माफी दिनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान! यदि तिमी मकहाँ पृथ्वी बराबर पाप लिएर आयौ र तिमीले मसँग कसैलाई शिर्क (बहुईश्वरवाद) गरेका छैनौ भने म तिमीकहाँ पृथ्वी बराबरको क्षमा लिएर आउनेछु ।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले हदीस कुद्सीमा भन्नुभएको छ: हे आदमको सन्तान, जबसम्म तिमी मलाई पुकारिरहन्छौ, मेरो कृपाको आशा गर्छौ र निराश हुँदैनौ भने; म तिम्रो पापलाई ढाकेर राख्ने छु र माफी दिनेछु र मलाई त्यसको परवाह छैन, यद्यपि ठूलो पाप भए पनि । हे आदमको सन्तान: तिम्रा पापहरू जतिसुकै भए पनि, आकाश र पृथ्वीबीचको ठाउँ र कुनाकाप्चालाई भरिदिए पनि, यदि तिमी मसँग क्षमा माग्छौ भने; म तिम्रा सबै पापहरूलाई पखालेर माफी दिनेछु र मलाई त्यसको परवाह छैन ।

हे आदमको सन्तान: यदि तिमी मरेपछि मकहाँ पृथ्वी बराबर पाप र अनाज्ञाकारिता लिएर आयौ र तिम्रो मृत्यु तौहीदको अवस्थामा भएको थियो र मसँग कसैलाई शिर्क (साझेदार) गरेका छैनौ भने म तिमीकहाँ पृथ्वी बराबर क्षमा लिएर आउनेछु; किनकि म क्षमाले भरिएको छु र म शिर्क (बहुदेववाद) बाहेक सबै पापहरू क्षमा गर्छु ।
03

Benefits

अल्लाहको अपार कृपा, क्षमा र अनुग्रह ।
तौहीद (एकेश्वरवाद) को सद्गुण र एकेश्वरवादीहरूबाट केही पाप भएको छ भने अल्लाहले क्षमा गर्नुहुन्छ ।
शिर्क (बहुदेववाद) को खतरा र अल्लाहले बहुदेववादीहरूलाई कदापी माफ गर्नुहुन्न ।
इब्न रजबले भने: पाप पखाल्ने तीनवटा कारणहरू यस हदीसमा उल्लेख गरिएका छन्: पहिलो: आशाका साथ दुआ गर्नु, दोस्रो: क्षमा माग्नु र पश्चात्ताप गर्नु, तेस्रो: एकेश्वरवादको अवस्थामा मृत्यु हुनु ।
यो हदीसलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्बाताट वर्णन गर्नुभएको छ, जसलाई 'हदीस कुदसी' वा 'हदीस-ए-इलाही' भनिन्छ । यसको शब्द र अर्थ दुबै अल्लाहको हो । तर, कुरआनका विशेषताहरू यसमा पाइँदैन, जस्तै: यसको तिलावत गर्नु, यसको लागि तहरात प्राप्त गर्नु, उपासना र चमत्कार आदि ।
पाप तीन प्रकारका हुन्छन्: पहिलो: अल्लाहसँग शिर्क गर्नु; अल्लाहले शिर्कलाई कदापी माफ गर्नुहुन्न । अल्लाहले भन्नुभएको छ : {वास्तवमा, जसले अल्लाहसँग शिर्क (साझेदार) गर्दछ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नुभएको छ । दोस्रो: साना पापहरू जुन दासले आफ्नो पालनकर्ताको अवज्ञा गर्छ; अल्लाहले चाहनुभयो भने क्षमा गर्नुहुन्छ । तेस्रो: एकले अर्कामाथि अन्याय गर्नु, यसमा अल्लाहले केही गर्नुहुन्न, त्यसैले किसास (ज्यानको बदला ज्यान) (वा माफी) आवश्यक छ ।

Attribution

[तिर्मीजीले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...