दुनियाँमा यसरी रहनु जसरी एउटा अपरिचित मान्छे वा बटुवा रहन्छ ।
Choose an available translation of this Hadeeth
Hadeeth text
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) द्वारा वर्णन छ, भन्नु हुन्छ: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मेरा दुवै काँध समातेर भन्नुभयो : "दुनियाँमा यसरी रहनु जसरी एउटा अपरिचित मान्छे वा बटुवा रहन्छ ।" अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) भन्ने गर्नु हुन्थ्यो " साँझ भयो भने बिहानको पर्खाइमा नबस र यदि बिहान भयो भने साँझ पर्ने प्रतीक्षा नगर । आफ्नो स्वास्थयबाट बिमारीको र आफ्नो जिन्दगीबाट मृत्युका लागि तयारी गरेर राख ।"
Explanation
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले यो उपदेशलाई पूरा पूरा व्यवहारमा ल्याउनु भयो । उहाँ भन्ने गर्नुहुन्थ्यो :बिहान भए रात आउने प्रतिक्षा नगर र रात परे बिहान हुन्छ भनेर नपर्ख । आफूलाई कब्र (समाधि) मा पुरिएका मान्छेहरू मध्ये गणना गर । किनभने मान्छेको जिन्दगी स्वास्थ्य र बिमारीबाट खाली हुँदैन । त्यसैले बिरामी पर्नु भन्दा पहिला स्वास्थ्य भएको बेलामा पुण्यका कामहरू गरि हाल । सन्चो भएको बेलामा पुण्यका कामहरू गर्दै जाऊ , कतै रोग लागेर बाटो नछेकियोस् । यस लोकको जीवनलाई सुनौलो अवसर मानेर यस्ता कुराहरू जम्मा गर जो मरे पछि काम लागून् ।
Benefits
माग बिना पनि कसैको उपकार र मार्गदर्शन गर्न सकिन्छ ।
अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तालिमको तरिकाको एउटा राम्रो पक्ष भनेको उहाँ मन ढुक्क हुने उदाहरण प्रस्तुत गर्नुहुन्थ्यो । जस्तै: यहाँ भन्नुभयो: "यस संसारमा यसरी रहनु मानौं तपाईं अपरिचित वा यात्री हुनुहुन्छ।"
परलोकको यात्रामा हिँडेका मान्छेहरूको दर्जाहरू बेग्ला बेग्लै हुन्छन् । त्यागको मामिलामा यात्रीको दर्जा विदेशी मान्छेको दर्जा भन्दा उच्च हुन्छ ।
आशाहरू कम गर्ने र मृत्युको तयारी गर्ने बारे वर्णन।
हदीसले जीविकोपार्जन त्याग्ने र सांसारिक सुखहरू निषेध गर्ने संकेत गर्दैन; बरु, यसले तपस्यालाई प्रोत्साहन गर्ने र त्यसको आनन्द कम गर्ने प्रोत्साहित गर्दछ।
असल काम गर्न असमर्थ हुनुभन्दा पहिले नै हतार गर्नु पर्छ । कतै बिमारी र कालले बाटो नरोकोस् ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) को सद्गुण, किनकि उनी अल्लाहका रसूलको यो उपदेशबाट प्रभावित भएका थिए ।
इमान वालाको घर भनेको जन्नत हो । त्यसैले ऊ यो संसारमा अपरिचित हो । ऊ परलोकको यात्रामा गइ रहेको छ । अपरिचित जसरी शहरको कुनै कुरामा मन लगाउँदैन र उसको मन आफ्नो घरमा झुन्डिएको हुन्छ । यस संसारमा उसको बसाइ भनेको उसको आवश्यकताहरू पूरा गर्नु र आफ्नो मातृभूमि फर्कने तयारी गर्नु हो।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

