हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ
Choose an available translation of this Hadeeth
Hadeeth text
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, (यो भनिरहँदा नोअ्मानले आफ्ना दुई औंलाहरू आफ्नो कानतिर उठाए): "हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ र यी दुवैको बीचमा केही शंकास्पद र संदिग्ध कुराहरू छन्, जुन धेरै मानिसहरूलाई थाहा छैन ।तसर्थ, जसले आफूलाई शंकास्पद कुराहरूबाट जोगाउँछ उसले आफ्नो धर्म र इज्जतलाई जोगायो र जसले शंकास्पद कुराहरूलाई पछ्याउने गर्छ, त्यो निषेधित कुराहरूमा फस्नेछ । यसको उदाहरण एक गोठालो सरह हो, जसले निषेधित क्षेत्र (खेत) को वरिपरि जनावरहरू चराउँछ र उसको जनावर त्यसमा चर्ने सम्भावना हुन्छ । सुन्नुहोस्! हरेक राजाको केही निषेधित क्षेत्र हुन्छन् (जसमा कसैलाई प्रवेश गर्न अनुमति छैन) र अल्लाहको निषेधित क्षेत्र भनेको हराम (निषेधित) कुराहरू हुन् । सावधान होउ, शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।"
Explanation
यस्तो अवस्थामा जसले यी संदिग्ध र अस्पष्ट चीजहरूलाई त्याग्छ, उसको धर्म निषेधित चीजहरूमा पर्नबाट सुरक्षित हुनेछ र यस शंकास्पद कुरामा संलग्न भएको कारणले उसको इज्जत र प्रतिष्ठा पनि मानिसहरूको आलोचनाबाट सुरक्षित हुनेछ । बरु, जो यी संदिग्ध र अस्पष्ट कुराहरूबाट टाढा रहँदैन, उसले या त निषेधित कुरामा फस्न वा मानिसहरूको आलोचनाको सामना गर्न आफूलाई अगाडि बढायो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले संदिग्ध कार्य गर्नेहरूको अवस्था व्याख्या गर्न एउटा उदाहरण दिनुभयो र भन्नुभयो, यस्तो व्यक्तिको उदाहरण गोठालो जस्तै हो जसले कसैको संरक्षित चरन नजिक आफ्नो गाईवस्तु चराउने गर्छ । यस्तो अवस्थामा संरक्षित चरन नजिकै चर्ने भएकाले उनको जनावर सुरक्षित चरनमा गएर चर्न थाल्ने सम्भावना छ । त्यसैगरी शंकास्पद कार्य गर्ने व्यक्ति आफ्नो कर्मको कारणले हरामको नजिक हुँदै जान्छ र उसलाई हराममा पर्ने सम्भावना हुन्छ । त्यस पछि, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मानव शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।
Benefits
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

