नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामु एक जना मानिसको बारेमा चर्चा गरियो जो सूर्योदय नभएसम्म सुतिरहेको थियो। यो सुनेर उहाँले भन्नुभयो: "यो त्यस्तो मानिस हो जसको कानमा वा दुवै कानमा शैतानले पिसाब फेरेको छ।
Choose an available translation of this Hadeeth
Hadeeth text
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामु एक जना मानिसको बारेमा चर्चा गरियो जो सूर्योदय नभएसम्म सुतिरहेको थियो। यो सुनेर उहाँले भन्नुभयो: "यो त्यस्तो मानिस हो जसको कानमा वा दुवै कानमा शैतानले पिसाब फेरेको छ।"
Explanation
Benefits
शैतानबाट सावधान, किनकि ऊ प्रत्येक मार्गमा घात लगाएर बस्छ। ताकि मानिसलाई अल्लाहको आज्ञापालनबाट रोक्न सकोस्।
इब्न हजरले भन्नुभयो: (ما قام إلى الصلاة) मा उल्लेख गरिएको नमाज शब्दले सबै प्रकारका नमाजलाई जनाउछ। साथै यो विशेषत तहज्जुद वा फरज (अनिवार्य) नमाजलाई पनि जनाउन सक्ने सम्भावना छ।
तीबी भन्छन्: यहाँ कानलाई विशेष रूपमा उल्लेख गरिएको छ, यद्यपि आँखा निद्राको गहिराइलाई जनाउनको लागि निद्राको सम्बन्धमा बढी उपयुक्त हुने थियो। किनभने कान जागरूकताको माध्यम हो। त्यसपछि पिसाबको विशेष रूपमा उल्लेख गरिएको छ किनभने यो सजिलै पेटमा प्रवेश गर्छ, चाँडै नसाहरूमा प्रवेश गर्छ र सबै अंगहरूलाई सुस्त बनाउँछ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

