मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
Choose an available translation of this Hadeeth
Hadeeth text
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मस्जिदमा बसिरहेका थियौं, एकजना व्यक्ति ऊँटमा सवार भएर मस्जिदमा प्रवेश गर्यो र उसले आफ्नो ऊँटलाई मस्जिदमा बसायो र बाँधेर सोध्यो: तिमीहरु मध्ये मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को हुनुहुन्छ ? उहाँ आफ्ना साथीहरूसंग बसिरहनु भएको थियो । हामीले भन्यौं: यो अडेस लगाउनु भएको गोरो मान्छे उहाँ नै हुनुहुन्छ । उसले उहाँलाई सम्बोधन गर्यो : हे अब्दुल मुत्तालिबको छोरा ! नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई भन्नुभयो: " हजुर, प्रश्न गर्नुहोस् म जवाफ दिनेछु ।" उसले रसूललाई भन्यो म तपाईंसँग केही प्रश्नहरू सोध्न जाँदैछु र म ती प्रश्नहरू प्रति कडा हुनेछु। त्यसैले आफ्नो हृदयमा मप्रति केही नराख्नु होला । उहाँले भन्नुभयो: "केही छैन, तिमीलाई जे मन लाग्छ सोध !" उसले सोध्यो: म तपाईंलाई तपाईंको र तपाईं भन्दा पहिले मानिसहरूको पालनकर्ताको कसम खुवाएर सोध्न चाहन्छु: के अल्लाहले तपाईलाई सम्पूर्ण मानव जातिको लागि पठाउनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले सोध्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई दिन र रातमा पाँच पटक नमाज पढ्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले रमजानमा उपवास बस्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" तब उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई धनीहरूबाट दान लिएर गरिबहरूमा बाँड्न आदेश दिनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ।" तब उसले भन्यो: अब म तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गर्छु । मैले इस्लाम ल्याए र म मेरो समुदायको प्रतिनिधि हुँ । मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
Explanation
Benefits
यसमा रसूल (अल्लाह सल्लल्लाहु अलैहि वसल्लम) को असल आचरण, प्रश्नकर्तालाई जवाफ दिनमा उहाँको नम्रता र राम्रो तरिकाले जवाफ दिइयो भने मान्छेले इस्सलाम स्वीकार गर्छ भन्ने सन्देश छ ।
कुनै व्यक्तिको पहिचानको लागि गोरो, रातो, अग्लो र होचो आदि विशेषताहरूले वर्णन गर्न सकिन्छ, तर (शर्त यो हो कि) दोषको उद्देश्यले नहोस् र त्यो व्यक्तिलाई नराम्रो नलागोस् ।
आवश्यकता परेमा काफिरलाई मस्जिदमा प्रवेश गर्न अनुमति छ ।
यस हदीसमा हज बारे उल्लेख गरिएको छैन, शायद त्यो समयसम्म हज अनिवार्य थिएन होला ।
सहाबाहरू मानिसहरूलाई इस्लाम तर्फ निम्तो दिनको लागि अत्यन्तै इच्छुक थिए; इस्लाम स्वीकार गरेपछि, उनले (जमाम बिन षाल्बाले) तुरुन्तै आफ्नो समुदायलाई इस्लाम तर्फ निम्तो दिन निमित्त प्रयत्न गरे।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

