“अल्लाहको कसम! यदि अल्लाहले तिम्रो माध्यमबाट एक जना मात्र व्यक्तिलाई पनि सही मार्ग (हिदायत) मा ल्याइदिनुभयो भने, त्यो तिम्रा लागि राता-राता ऊँटहरू (त्यस समयको सबैभन्दा मूल्यवान् सम्पत्ति) प्राप्त गर्नुभन्दा धेरै उत्तम हुनेछ।
सहल बिन साअ्द (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "भोलि म यो झण्डा यस्तो व्यक्तित्वलाई प्रदान गर्नेछु, जसको हातद्वारा अल्लाहले विजय प्रदान गर्नुहुनेछ। जसले अल्लाह र उहाँका रसूललाई प्रेम गर्छ र अल्लाह र उहाँका रसूलले पनि…

