HadeethEnc · 1.59.0
निःसनदेह, रुक्या (अल्लाह बाहेक अरुको नाम लिएर गरिने झाडफूँक) गर्नु, तावीज बाँध्नु र टुनामुना गर्नु शिर्क हो ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "निःसनदेह, रुक्या (अल्लाह बाहेक अरुको नाम लिएर गरिने झाडफूँक) गर्नु, तावीज बाँध्नु र टुनामुना गर्नु शिर्क हो ।"
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले केही चीजहरू उल्लेख गर्नुभएको छ जुन शिर्क हो । तीमध्ये केही कुराहरू यस प्रकार छन्:
१) रुक्या : अर्थात् शिर्कमा आधारित यस्ता कुराहरू जसलाई इस्लाम पूर्व (जाहिलियत काल) का मानिसहरू रोगबाट निको हुनको लागि पढ्थे ।
२) मोती वा सीप आदिबाट बनेको ताबीज, जसलाई बच्चा र जनावरहरूमा नराम्रो नजरबाट जोगाउन बाँधिन्छ ।
३) तिवला : श्रीमान्–श्रीमतीबीच माया गर्नका लागि टुनामुना गर्नु ।
यी सबै कुराहरू शिर्क हुन्; किनभने यसको नत शरियतबाट कुनै प्रमाण छ नत कुनै प्रमाणित भौतिक अनुभव । जहाँसम्म शरियतका उपायहरू छन्, जस्तै कुर्आन पढ्नु वा भौतिक साधनहरू, जस्तै औषधिहरू, जुन अनुभव वा परीक्षणबाट प्रमाणित छन्, यी केवल साधनहरू हुन् र नाफा-नोक्सानको मालिक अल्लाह हुनुहुन्छ भन्ने विश्वासका साथ प्रयोग गर्न अनुमति छ ।

03
Benefits
तौहीद (एक इश्वरवाद) र अकिदालाई दूषित गर्ने सबै चीजहरूबाट जोगिनु पर्छ ।
बहुदेववादी रुक्या (झाडफूँक), ताबीज र टुनामुना निषेधित गरिएको छ ।
यी तीन कुरालाई साधनको रूपमा लिनु शिर्कको सानो रूप (शिर्क असगर) हो; किनभने उसले कुनै कारण नभएको कुरालाई साधन बनाउँछ । तर यदि यिनलाई आफैंमा लाभदायक र हानिकारक मानिन्छन् भने त्यो ठूलो शिर्क (शिर्क अकबर) हो ।
शिर्क र हराममा आधारित माध्यमहरू नअपनाउन चेतावनी ।
शरियतद्वारा अनुमति दिइएको रुक्या बाहेक अन्य मन्त्रहरू पढ्नु र झाडफूँक गर्नु पनि शिर्क र हराम हो ।
हृदयको सम्बन्ध अल्लाहसँग मात्र हुनुपर्छ । नाफा नोक्सानको मालिक उहाँ नै हुनुहुन्छ । उहाँका कोही साझेदार छैन भन्ने हृदयमा दृढ विश्वास हुनुपर्छ । जुनसुकै भलाई भएपनि अल्लाहले दिनुहुन्छ र केवल उहाँले हामीलाई खराबीबाट बचाउनु हुन्छ ।
जायज रुक्या (झाडफूँक) का तीन सर्तहरू छन् : १) यो विश्वास राख्नु कि यो झारफुक केवल एक माध्यम हो र अल्लाहको अनुमति बिना लाभदायक छैन । २) झारफुक कुर्आनद्वारा, अल्लाहका नामहरू, उहाँका गुणहरू, अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा सिकाइएका दुआ (प्रार्थना) हरूबाट हुनुपर्छ । ३) बुझ्ने खाले भाषामा हुनुपर्छ, कुनै तन्त्र मन्त्र र जादु हुनु हुँदैन ।

Attribution
[अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares