HadeethEnc · 1.59.0
जब पानी दुई कुल्ला (दुई ठूला गाग्रा बराबर) हुन्छ, यसले फोहोरलाई प्रभाव पार्न दिँदैन।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई त्यो पानीको बारेमा सोधियो जसमा गाईवस्तु र जंगली जनावरहरू आउने-जाने गर्छन्। उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब पानी दुई कुल्ला (दुई ठूला गाग्रा बराबर) हुन्छ, यसले फोहोरलाई प्रभाव पार्न दिँदैन।"
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) सित त्यो पानी जसमा जनावर र हिंस्रक जन्तुहरू पानी पिउनका लागि आउने जाने गर्छन् त्यो पानीले पवित्रता प्राप्त गर्न मिल्छ कि मिल्दैन भनेर सोधियो । जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोकि जब पानी ठुला दुई घैला लगभग २१० लिटर जति हुन्छ भने त्यो बराबरको पानी ठुलो परिणामको हो, यो अपवित्र हुँदैन । यद्यपि पानीका ३ वटा गुण रंग, स्वाद र गन्ध अशुद्ध पदार्थले परिवर्तन हुन्छ भने, त्यो फरक कुरा हो।
03
Benefits
यदि पानीको कुनै पनि विशेषता जस्तै रंग, स्वाद वा गन्ध अशुद्ध पदार्थले गर्दा परिवर्तन हुन्छ भने, यो अशुद्ध हुन्छ। यस हदीसमा भनिएको कुरा सामान्य हो, विशिष्ट होइन।
उलमाको सहमति छ, जब फोहोर परेर बदलाउ आउँछ, त्यो पानी धेरै भए पनि वा थोरै भए पनि अपवित्र हुन्छ।
उलमाको सहमति छ, जब फोहोर परेर बदलाउ आउँछ, त्यो पानी धेरै भए पनि वा थोरै भए पनि अपवित्र हुन्छ।
Attribution
[رواه أبو داود والترمذي والنسائي وابن ماجه وأحمد]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares

