HadeethEnc · 1.59.0
समुद्रको पानी शुद्ध छ र त्यसको मृत वैध छ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: एक जना मानिसले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोध्यो: "हे अल्लाहका रसूल! हामी समुद्रमा यात्रा गर्छौं र हामीसँग थोरै पानी हुन्छ। यदि हामीले पानीले वुजु गर्यौं भने पिउने पानी रहँदैन । के समुद्रको पानीले वुजू गर्न मिल्छ ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "समुद्रको पानी शुद्ध छ र त्यसको मृत वैध छ।"
02
Explanation
एक जनाले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सित सोध्यो: "हामी शिकार, व्यापार र यस्तै अन्य उद्देश्यका लागि डुङ्गामा समुद्र यात्रा गर्छौं र हामीसँग थोरै मात्रामा पिउने पानी हुन्छ। यदि हामीले यसलाई वुजू र नुहाउन प्रयोग गर्यौं भने, यो सिद्धिनेछ र पिउने पानी बाँकी रहनेछैन। यस्तो अवस्थामा, के हामीलाई समुद्रको पानीले वुजू गर्न अनुमति छ?
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले समुद्रको पानीको बारेमा भन्नुभयो: यसको पानी आफैंमा शुद्ध छ र यसमा अरूलाई शुद्ध पार्ने क्षमता पनि छ। यसबाट वुजू गर्न र नुहाउन अनुमति छ। यसबाट निस्कने माछाहरू खान पनि अनुमति छ, चाहे तिनीहरू पानीको सतहमा तैरिरहेको अवस्थामा मरेका भेटिए पनि र कसैले पनि शिकार नगरेको भए पनि।

03
Benefits
समुद्रका मृत जनावरहरू पनि हलाल हुन्छन्। मृतको अभिप्राय: समुद्रमै बस्ने र त्यहीं मर्ने जनावरहरूलाई खान अनुमति छ।
प्रश्न सोध्ने व्यक्तिलाई फाइदा हुने कुरालाई ध्यानमा राख्दै, प्रश्नभन्दा बढी उत्तर दिन अनुमति छ।
यदि कुनै शुद्ध पदार्थ थपिएर पानीको स्वाद, रङ वा गन्ध परिवर्तन हुन्छ भने यो शुद्ध रहन्छ । चाहे त्यसको नुनिलोपना, तातोपना वा त्यसको चिसोपनामा बदलिए पनि पानी पवित्र नै रहन्छ ।
समुद्रको पानीले सानाठुला सबै अपवित्रता लाई हटाउँछ र यसलाई शरीर वा लुगा जस्ता पवित्र वस्तुबाट फोहोर हटाउन पनि प्रयोग गर्न सकिन्छ।

Attribution
[رواه أبو داود والترمذي والنسائي وابن ماجه وأحمد]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares