افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#6820[सही]
HadeethEnc · 1.59.0

अल्लाहले त्यो मानिसलाई खुसी र समृद्ध राखून्, जसले मबाट कुनै कुरा सुन्यो र त्यसलाई जसरी सुनेको थियो, त्यसरी नै अरूलाई सुनायो; किनकि कहिलेकाहीँ जसलाई कुरा पुर्‍याइन्छ, उनीहरू सुन्ने व्यक्तिभन्दा बढी बुझ्ने र याद राख्ने खालका हुन्छन्।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गर्नुभएको छ, उहाँले भन्नुभयोः मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्नुभएको सुनेँ: "अल्लाहले त्यो मानिसलाई खुसी र समृद्ध राखून्, जसले मबाट कुनै कुरा सुन्यो र त्यसलाई जसरी सुनेको थियो, त्यसरी नै अरूलाई सुनायो; किनकि कहिलेकाहीँ जसलाई कुरा पुर्‍याइन्छ, उनीहरू सुन्ने व्यक्तिभन्दा बढी बुझ्ने र याद राख्ने खालका हुन्छन्।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जसले उहाँको हदीस सुन्यो, त्यसलाई याद गर्‍यो र अरूसम्म पुर्‍यायो, त्यस व्यक्तिको लागि यस संसारमा उज्यालोपन, प्रसन्नता र सौन्दर्य तथा आखिरत (परलोक) मा अल्लाहले उसलाई स्वर्गको आनन्द, सुख-सुविधा र सुन्दरतासम्म पुर्‍याऊन् भनी प्रार्थना गर्नुभएको छ। किनभने, कहिलेकाहीँ जसलाई हदीस सुनाइन्छ, ऊ हदीस सुनाउने व्यक्तिभन्दा बढी बुझ्ने, फकीह (विद्वान) र हदीसबाट सही निष्कर्ष निकाल्न सक्ने क्षमता भएको हुन सक्छ। यसरी, पहिलो व्यक्ति हदीसलाई स्मरण गर्ने र प्रसारण गर्ने कार्यमा दक्ष हुन्छ भने दोस्रो व्यक्ति त्यसको गहिरो अर्थ बुझ्ने र त्यसबाट विधि तथा ज्ञानका निष्कर्ष निकाल्ने कार्यमा निपुण हुन्छ।
03

Benefits

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतलाई कण्ठस्थ गर्ने, त्यसलाई सुरक्षित राख्ने तथा मानिसहरूसम्म पुर्‍याउने र प्रचार गर्ने कार्यप्रति प्रोत्साहित गरिएको छ।
यसमा हदीसका विद्वानहरू एवं हदीस शास्त्र अध्ययन गर्ने अध्येताहरूको गरिमामय स्थान र उच्च महत्त्वको बारेमा चर्चा गरिएको छ।
यसमा ती विद्वानहरू (उलेमा) को श्रेष्ठता र महिमाको वर्णन छ, जो गहन समझ र धार्मिक प्रमाणहरूबाट नियमहरू निकाल्ने योग्यता राख्दछन्।
यसमा सहाबा (रजिअल्लाहु अन्हुम) को महिमा र श्रेष्ठताको बारेमा वर्णन गरिएको छ; किनभने उनीहरू नै हुन् जसले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हदीस सुने र हामीसम्म पुर्‍याए।
अल-मनावीले भन्नुभएको छ: "यसबाट के स्पष्ट हुन्छ भने, हदीस वर्णनकर्ताका लागि फिकह (धार्मिक न्यायशास्त्रको गहिरो समझ) अनिवार्य सर्त होइन; उसका लागि केवल हदीस कण्ठस्थ हुनु मात्र अनिवार्य सर्त हो। जबकि फकीह (धार्मिक न्यायशास्त्री) को काम भनेको त्यस हदीसलाई गहिराइमा गएर बुझ्नु र त्यसमाथि चिन्तन-मनन गर्नु हो।"
इब्न उयैनाहले भन्नुभएको छ: "हदीसको ज्ञान खोजी गर्ने जुनसुकै व्यक्तिको अनुहारमा पनि उक्त हदीसमा वर्णन भए अनुसार एक विशेष चमक र प्रसन्नता अवश्य देखिन्छ।"
हदीसका विद्वानहरूका अनुसार हिफ्ज (कण्ठस्थता) दुई प्रकारका हुन्छन्: एक हृदय र दिमागद्वारा गरिने कण्ठस्थता र दोस्रो किताब तथा लेखद्वारा गरिने संरक्षण, र यी दुवै प्रकार नबी (सल्लल्लाहु अलैहि वसल्लम) को दुआ अन्तर्गत पर्दछन्।
मानिसहरूको बोध-क्षमता भिन्न-भिन्न हुन्छ। कतिपय अवस्थामा ज्ञान सुन्ने व्यक्तिहरू स्वयं सुनाउनेहरूभन्दा बढी स्मरण र मनन गर्न समर्थ हुन्छन् र कतिपय धर्मशास्त्रको ज्ञान राख्नेहरू स्वयं धार्मिक विद्वान् हुँदैनन्।

Attribution

[तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...