हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा उहाँको (पुण्यको) लागि कुन दान (सद्का) सबैभन्दा उत्तम हुन्छ? उहाँले जवाफ दिनुभयो: 'पानी (पिलाउनु)।' तसर्थ, साअ्दले एउटा इनार खन्नुभयो र भन्नुभयो: 'यो इनार साअ्दकी आमाका निम्ति हो।
Choose an available translation of this Hadeeth
Hadeeth text
साअ्द बिन ओबादा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने : हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा उहाँको (पुण्यको) लागि कुन दान (सद्का) सबैभन्दा उत्तम हुन्छ? उहाँले जवाफ दिनुभयो: 'पानी (पिलाउनु)।' तसर्थ, साअ्दले एउटा इनार खन्नुभयो र भन्नुभयो: 'यो इनार साअ्दकी आमाका निम्ति हो।"
Explanation
Benefits
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सअदलाई पानी दान (जलदान) गर्न मार्गदर्शन गर्नुभयो, किनकि यसले धार्मिक र सांसारिक दुवै मामिलामा सबैभन्दा व्यापक लाभ पुर्याउँछ। साथै, अत्यधिक गर्मी, तीव्र आवश्यकता र पानीको अभावजस्ता कारणहरूले गर्दा यसको महत्त्व र उपादेयता अझ बढी हुन्छ।
यसबाट सदकाको पुण्य मृतकहरूसम्म पुग्ने कुरा प्रमाणित हुन्छ।
यसबाट सअद बिन उबादा (रजियल्लाहु अन्हु) ले आफ्नी आमाप्रति निर्वाह गर्नुभएको कर्तव्य र सदाचार स्पष्ट हुन्छ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

