व्यक्तिको इस्लामको उत्कृष्टता भनेको उसलाई नचाहिने कुराहरू त्याग्नु हो।
Choose an available translation of this Hadeeth
Hadeeth text
अबु हुरैराह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "व्यक्तिको इस्लामको उत्कृष्टता भनेको उसलाई नचाहिने कुराहरू त्याग्नु हो।"
Explanation
धर्म वा दुनियाका ती कुराहरू, जो उससँग सम्बन्धित छैनन्, तिनीहरूमा संलग्न हुनु बुद्धिमत्ताको विपरीत हो। यदि मानिस अर्थहीन कुरामा व्यस्त रह्यो भने, त्यसले उसलाई आफ्ना वास्तविक जिम्मेवारी र सरोकारका विषयहरूबाट विमुख गराउन सक्छ, अथवा उसलाई यस्ता कार्यहरूतर्फ लैजान सक्छ जुन उसले परित्याग गर्नुपर्ने हुन्छ। निश्चय नै, कियामतको दिन मानिसले आफ्ना सम्पूर्ण कर्महरूको लेखाजोखा दिनुपर्नेछ।
Benefits
अनर्थ र अनावश्यक बोल वा कर्मबाट टाढा रहनु मानिसको इस्लामको पूर्णताको संकेत हो।
मानिसलाई आफ्नो धर्म र दुनियाका महत्त्वपूर्ण मामिलामा व्यस्त रहन प्रोत्साहित गरिएको छ। यदि निरर्थक कुराबाट टाढा रहनु व्यक्तिको इस्लामको सुन्दरता हो भने, महत्त्वपूर्ण र आवश्यक कुरामा व्यस्त रहनु पनि व्यक्तिको इस्लामको सुन्दरताको प्रमाण हो।
इब्नुल-क़ैय्यिम (रहमतुल्लाह) ले भन्नुहुन्छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सबै संयमता र धार्मिक सावधानीको सार एउटा वाक्यमा समावेश गरिदिनुभएको छ, जब उहाँले भन्नुभयो: "मानिसको इस्लामको सौन्दर्य यसमा छ, उसले आफूसँग सम्बन्ध नराख्ने कुराहरू छोड्छ।" यो वाक्य बोलीमा मात्र नभई हेराइ, सुनाइ, कार्य, विचार, हिँडाइ, चिन्तन र सबै वाह्य तथा आन्तरिक गतिविधिहरूमा पनि लागू हुन्छ। यसरी, यो एउटा स्पष्ट वाक्य हो जसले सम्पूर्ण संयमताको सार व्यक्त गर्दछ।
इब्न रजबले भन्नुभएको छ: "यो हदीस शिष्टाचार र नैतिकताको एक आधारभूत सिद्धान्त हो।"
यसले ज्ञान प्राप्त गर्न प्रयासका लागि उत्प्रेरित गर्दछ, किनकि ज्ञानले मानिसलाई आफूसँग सम्बन्धित के हो र के होइन भन्ने कुरा छुट्याउन मद्दत गर्दछ।
असल कार्यको आदेश दिनु, खराब कार्यबाट रोक्नु र भलाइका सबै प्रकारहरू मानिसको सरोकारको विषय हो, किनभने उसलाई यी कार्यहरू गर्न आदेश दिइएको छ।
यस हदीसको व्यापक अर्थअन्तर्गत यी कुराहरू पर्दछन्: मानिसले आफूसँग सरोकार नभएका कुराहरूबाट साथै अल्लाहले निषेध गर्नुभएका र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अनुचित ठान्नुभएका कुनै पनि कुराबाट टाढा रहनु। त्यसैगरी त्यस्ता पारलौकिक विषयहरूबाट टाढा रहनु, जस्तै: गोप्य कुराहरूको सत्यता, सृष्टि र आदेशको वास्तविकताको विस्तृत विवरण, जसको आफूलाई आवश्यकता छैन। यसका साथै, त्यस्ता काल्पनिक कुराहरूप्रति सोधखोज गर्नुबाट टाढा रहनु, जुन घटेका छैनन्, वा सायदै घट्छन्, वा घट्ने सम्भावना नै देखिँदैन।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

