के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?
Choose an available translation of this Hadeeth
Hadeeth text
अबू-बकरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : «के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?» उहाँले तीन पटक सोध्नुभयो। सबैले भने, "अवश्य, ए अल्लाहका रसूल (भन्नुहोस्)।" तब उहाँले भन्नुभयो, "अल्लाहसँग शिर्क गर्नु (उहाँको साझेदार बनाउनु) र आमाबाबुको अवज्ञा गर्नु।" अनि उहाँ अडेस लगाएर बसिरहनुभएको थियो, उठेर भन्नुभयो, "झूटो कुरा गर्नु पनि ठूलो पाप हो।" अनि यस कुरालाई उहाँले यति धेरै दोहोर्याउनुभयो कि हामीले सोच्यौँ, "सायद उहाँ अब चुप हुनुहुन्छ।"
Explanation
१) अल्लाहसँग शिर्क गर्नु: अर्थात् अल्लाह बाहेक अरूको उपासना गर्नु । अल्लाह बाहेक अरू कसैलाई अल्लाहको उपासना, उहाँको नाम र उहाँका गुणहरूमा बराबरी ठहर गर्नु हो।
२) आमाबाबुको अवज्ञा गर्नु: यसको मतलब बोली वा कर्मद्वारा आमाबाबुलाई कुनै प्रकारको पीडा दिनु वा उनीहरूसँग राम्रो व्यवहार नगर्नु हो ।
३) झूट बोल्नु र यसमा झूटो गवाही दिनु समावेश छ : झूटो गवाही भनेको कसैको सम्पत्ति चोर्ने वा कसैको अपमान गर्ने उद्देश्यले गरिएको प्रत्येक झूटा बयानलाई जनाउँछ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले झूट बोल्न विरुद्ध बारम्बार चेतावनी दिनुभयो, किनभने झूट एक खराब कुरा हो र समाजमा यसले ठूलो नकारात्मक प्रभाव पार्दछ। उहाँ ले यति धेरै पटक यस कुरा लाई दोहोर्याउनु भयो, यहाँसम्म कि उहाँका साथीहरूले उहाँको कष्ट देखेर उहाँप्रति माया देखाउदै चुप लाग्नुभएको भए बेश हुन्थ्यो सोचे।
Benefits
आमाबाबुको अधिकारको महत्त्व, किनभने अल्लाहले उनीहरूको अधिकारलाई आफ्नो अधिकारको साथ वर्णन गर्नुभएको छ ।
पाप दुई प्रकारका हुन्छन्; साना र ठूला पापहरू । ठूला पाप भन्नाले प्रत्येक त्यो पापलाई जनाउँछ जसको लागि सांसारिक दण्ड निर्धारण गरिएको छ, जस्तै हद (सजाय) कायम गर्नु र श्राप आदि वा जसको लागि नरकमा प्रवेश गर्ने चेतावनी दिइएको छ । ठूला पापहरूका धेरै वर्गहरू छन्, कतिपय ठूला पापहरू अरू भन्दा कडा र निन्दनीय रूपमा हराम छन् । जबकि साना पाप भन्नाले ठूला पापहरू बाहेक अन्य पापहरूलाई जनाउँछ ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

