افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3127[सही]
HadeethEnc · 1.59.0

असल साथीको उदाहरण अत्तर (सेन्ट) बेच्ने व्यक्तिसँग मिल्दोजुल्दो छ, भने नराम्रो साथीको उदाहरण आगोको भट्टीमा फुक्ने लोहार जस्तो हो

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "असल साथीको उदाहरण अत्तर (सेन्ट) बेच्ने व्यक्तिसँग मिल्दोजुल्दो छ, भने नराम्रो साथीको उदाहरण आगोको भट्टीमा फुक्ने लोहार जस्तो हो । अत्तर बेच्ने व्यक्तिले तपाईंलाई अत्तर उपहार दिन सक्छ, वा तपाईंले उसबाट किन्न सक्नुहुन्छ, वा (कम्तीमा) तपाईंलाई उसबाट मिठो बास्ना त आउँछ। तर भट्टीमा फुक्ने लोहारले तपाईंको लुगा जलाउन सक्छ, वा (कम्तीमा) तपाईंलाई त्यहाँबाट नराम्रो गन्ध आउनेछ।"
02

Explanation

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई प्रकारका मानिसहरूको उदाहरण दिनुभएको छ :

पहिलो प्रकारः असल साथी र सच्चा मित्र, जसले अल्लाहको बाटोतर्फ मार्गदर्शन गर्छ, उहाँको प्रसन्नता कसरी प्राप्त हुन्छ भनी सिकाउँछ र आज्ञापालनमा सहयोग गर्छ। त्यस्तो साथीको उदाहरण कस्तूरी अत्तर बेच्ने व्यापारी जस्तै हो—या त उसले तिमीलाई कस्तूरी दिनेछ, या त तिमी उसबाट अत्तर किन्नेछौ, या कम्तीमा पनि उसको नजिकै बसेर तिमीले सुगन्धित बासनाको अनुभव गर्नेछौ।

दोस्रो प्रकारः नराम्रो र खराब मित्र; जसले अल्लाहको बाटोबाट रोक्छ, पाप काममा सहयोग गर्छ, हरेक नराम्रो काममा संलग्न हुन्छ र उसले गर्दा उसका सबै साथीहरु लज्जित हुन्छन् । यस्तो साथीको उदाहरण भट्टीमा फुक्ने लोहारजस्तै हो; कि त त्यसबाट उडिरहेको झिल्काले तिम्रो लुगा जलाउनेछ, या कम्तीमा पनि त्यहाँ नजिकै बसेर तिमीले खराब दुर्गन्धको अनुभव गर्नेछौ।
03

Benefits

श्रोताहरूलाई केही बुझाउनको लागि उदाहरण दिन राम्रो हुन्छ ।
यस हदीसमा असल र धर्मी मानिसहरूसँग संगत गर्न र भ्रष्ट तथा खराब नैतिकता भएका मानिसहरूबाट टाढा रहन प्रोत्साहन दिइएको छ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...