HadeethEnc · 1.59.0
“जब तिमीहरू मध्ये कसैले आफ्नो पेटमा केही महसुस गर्छ र त्यसबाट (मलद्वारको मार्ग बाट) केही निस्किएको छ वा छैन भन्ने शंका लाग्छ भने उसले आवाज नसुनेसम्म वा गन्ध नआएसम्म मस्जिदबाट बाहिर नजाओस् ।”
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : “जब तिमीहरू मध्ये कसैले आफ्नो पेटमा केही महसुस गर्छ र त्यसबाट (मलद्वारको मार्ग बाट) केही निस्किएको छ वा छैन भन्ने शंका लाग्छ भने उसले आवाज नसुनेसम्म वा गन्ध नआएसम्म मस्जिदबाट बाहिर नजाओस् ।”
02
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब नमाज पढ्ने व्यक्तिलाई आफ्नो पेटमा केही महसुस हुन्छ र हावा खुस्केको छ वा छैन निश्चित छैन भने उसले आवाज नसुनेसम्म वा गन्ध नआएसम्म नमाज छोडेर पुनः वुजू गर्न बाहिर जानु पर्दैन । किनभने शङ्काको आधारमा निश्चित कुरा अमान्य हुँदैन र यहाँ पवित्रता निश्चित कुरा हो, जबकि वुजू भङ्ग भयो कि भएन शंकास्पद कुरा हो ।
03
Benefits
यो हदीस इस्लामको आधारहरू मध्ये एक हो । यसमा 'इस्लामिक फिकह' को एक सिद्धान्त प्रस्तुत गरिएको छ । सिद्धान्त के हो भने शंकाको आधारमा निश्चित कुरा अमान्य हुँदैन र विपरित कुरा प्रमाणित नहुन्जेल यथास्थिति कायम रहिरहन्छ ।
शङ्काले पवित्रता (तहारत) मा कुनै असर गर्दैन र वुजू भंग भएको निश्चित नभएसम्म पवित्रता बाँकि रहन्छ ।
शङ्काले पवित्रता (तहारत) मा कुनै असर गर्दैन र वुजू भंग भएको निश्चित नभएसम्म पवित्रता बाँकि रहन्छ ।
Attribution
[मुस्लिमले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares

