जब तिमीले ती मानिसहरूलाई देख्छौ जसले कुरानका मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउँछन् , तब(बुझ्नु कि) ती नै ती व्यक्तिहरू हुन् जसको बारेमा अल्लाहले नाम लिएर चेतावनी दिएका छन्, त्यसैले तिनीहरूबाट सावधान रहनु
Choose an available translation of this Hadeeth
Hadeeth text
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निम्न श्लोकको तिलावत(पाठ) गर्नुभयो: {उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू उत्पात मचाउन (शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न ) मुतशाबिह- अनेकार्थ रहेका आयतहरूको पछि लाग्दछन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन् भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । र वास्तवमा बुद्धिमानहरूले मात्र उपदेश ग्रहण गर्छन् ।} [आलि-इमरान३: ७], आइशा (रजियल्लाहु अन्हा) भन्नुहुन्छ: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब तिमीले ती मानिसहरूलाई देख्छौ जसले कुरानका मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउँछन् , तब(बुझ्नु कि) ती नै ती व्यक्तिहरू हुन् जसको बारेमा अल्लाहले नाम लिएर चेतावनी दिएका छन्, त्यसैले तिनीहरूबाट सावधान रहनु।"
Explanation
Benefits
पथभ्रष्ट, भ्रमित, विधर्मी (विदअती) र व्यक्तिलाई भ्रममा पार्न शङ्का सिर्जना गर्नेहरूसित संगत गर्न निषेध छ ।
आयतको अन्त्यमा अल्लाहको भनाइ , {केवल ज्ञानीहरूले शिक्षा पाउँछन्} मा भ्रामकहरूको निन्दा र दृढ ज्ञान भएकाहरूको प्रशंसा गरिएको छ । अर्थात्, जसले उपदेश ग्रहण गर्दैन, र आफ्नो इच्छालाई पछ्याउँछ, त्यो बुद्धिमानहरू मध्य होइन ।
मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउनाले हृदय विचलित हुन्छ र भ्रष्ट हुन्छ ।
मुतशाबिह (अनेकार्थ लाग्ने) श्लोकहरुलाई मुहकम ( स्पष्ट र सटिक) श्लोकहरुको अर्थको परिप्रेक्ष्यमा हेर्न र बुझ्न जरुरी छ ।
अल्लाहले मानिसहरूलाई जाँच्न र आस्थावान तथा पथभ्रष्ट मानिसहरूबीच छुट्याउन कुरआनका श्लोकहरूलाई स्पष्ट र सटिक अर्थ र केहीलाई अनेकार्थ भएका बनाउनु भएको छ ।
कुर्आनमा अनेकार्थ भएका (मुताशाबिह ) श्लोकहरू हुनुको कारण: अन्य मानिसहरूको तुलनामा विद्वानहरूको श्रेष्ठतालाई देखाउनु र मानिसहरूको बुद्धि सीमित छ भन्ने कुरा बुझाउनु हो। ताकि मानिसहरू आफ्नो सिर्जनाकर्ता समक्ष आत्मसमर्पण गरून् र आफ्नो अक्षमता स्वीकार गरून् ।
यसमा ज्ञानमा दृढताको महत्त्व र त्यसमा अडिग रहनुको आवश्यकता स्पष्ट पारिएको छ।
अल्लाहको भनाइ { وما يعلم تأويله إلا الله والراسخون في العلم } मा अल्लाह शब्दमा रोकिने बारे व्याख्याकर्ताहरूका दुईवटा मत छन्: एउटा मत यो हो कि श्लोक पढ्दा खेरि (अल्लाह) शब्द मा "वक्फ" अथवा रोक्नु पर्ने छ। यिनीहरूको दृष्टिकोणमा तावील { تأويل } भनेको कुनै कुराको सत्यता र वास्तविकताको ज्ञान हो जसलाई मानिसले जान्न असम्भव छ, जस्तै आत्मा र प्रलयको दिन आदिको ज्ञान, जसको बारेमा केवल अल्लाहलाई ज्ञान छ । दृढ ज्ञान भएका विद्वानहरू यी कुराहरूमा आस्था राख्छन् तर त्यसको वास्तविकता र कैफियत अल्लाहलाई सुम्पन्छन् । यसरी तिनीहरू (झूटा व्याख्याबाट) बच्छन् र (अरूलाई भ्रमबाट) बचाउँछन् । आर्को मत यो हो कि श्लोक पढ्दा खेरि (अल्लाह) शब्द मा "वक्फ" अथवा रोक्नु पर्ने छैन र यसलाई मिलाएर पढिनेछ, उनीहरूको नजरमा तावील { تأويل } भनेको तफसीर र व्याख्या हो । अर्थात् यी श्लोकहरुको व्याख्या र अर्थ अल्लाहलाई थाहा छ र जो ज्ञानमा परिपक्व छन् उनीहरूलाई पनि थाहा छ, जसले स्पष्ट श्लोकहरुको प्रसङ्गमा त्यसको व्याख्या गर्छन् र तिनीहरूमा विश्वास गर्छन्।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

