सूर्य आफ्नो अस्ताउने स्थानबाट नउदाएसम्म महाप्रलय हुने छैन । र जब मानिसहरूले सूर्यलाई अस्ताउने स्थानबाट उदाइरहेको देख्नेछन्, तब सबैले ईमान (आस्था) स्वीकार्ने छन्
Choose an available translation of this Hadeeth
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "सूर्य आफ्नो अस्ताउने स्थानबाट नउदाएसम्म महाप्रलय हुने छैन । र जब मानिसहरूले सूर्यलाई अस्ताउने स्थानबाट उदाइरहेको देख्नेछन्, तब सबैले ईमान (आस्था) स्वीकार्ने छन्। यसै बखत बारे अल्लाहले भन्नुभएको छ: "त्यस दिन ईमान स्वीकार्न ले पहिले ईमान स्वीकार नगरेको वा ईमान स्वीकार गरी पुण्यकर्म नगरेको व्यक्तिलाई कुनै लाभ दिनेछैन ।[कुरआनः अल-अन्आम - ६ : १५८], र कयामत (महाप्रलय) को दिन यति छिट्टै आउनेछ, कि दुई जना मानिस कपडा किनबेच गरिरहेका हुनेछन्, तर त्यसलाई किन्न वा बेच्न र पट्याउन पाउनेछैनन्। र कयामत यसरी एक्कासि आउनेछ कि एक जना मानिस आफ्नो ऊँटनीको दूध निकालेर फर्किरहेको हुनेछ, तर त्यो दूध पिउन सक्ने छैन। र महाप्रलयको दिन यसरी अकस्मात् आउनेछ कि एक जना मानिसले आफ्नो इनारलाई माटोले लिपेर तयार पारिरहेको हुन्छ, तर त्यसबाट पानी खान सक्ने छैन । र प्रलयको दिन यसरी एकाएक आउनेछ, कि मानिसले खाना आफ्नो मुखतिर उठाउनेछ तर त्यो गास खान सक्नेछैन।"
Explanation
Benefits
यसमा ईमान (आस्था) र सत्कर्म हरूद्वारा प्रलयको लागि तयारी गर्न प्रेरणा दिइएको छ, किनकि प्रलय अचानक नै आईपर्नेछ ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

