“जब मुसलमानलाई कब्रमा प्रश्न गरिनेछ, तब उसले यसरी उत्तर दिनेछ : 'अल्लाहबाहेक कुनै सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ।'
Choose an available translation of this Hadeeth
Hadeeth text
बराअ बिन आजिब (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: “जब मुसलमानलाई कब्रमा प्रश्न गरिनेछ, तब उसले यसरी उत्तर दिनेछ : 'अल्लाहबाहेक कुनै सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ।'
यही अर्थ निम्न कुरआनको आयतले पनि व्यक्त गरेको छ : ‘अल्लाहले आस्थावान्हरूलाई दृढ वचनद्वारा सांसारिक जीवन र परलोक दुवैमा दृढता प्रदान गर्नुहुन्छ।’ (इब्राहीम: २७)”
Explanation
Benefits
यस हदीसमा अल्लाहले आफ्ना आस्थावान् भक्तहरूलाई संसार र परलोक दुवैमा सत्य वचन (एकेश्वरवाद) मा दृढ र अडिग बनाइ राख्ने आशिर्वाद बारे व्याख्या गरिएको छ।
यस हदीसमा एकेश्वरवादको गवाही (शहादत-ए-तौहीद) को महानता र सोही आस्थामा मृत्यु हुनुको विशेषता स्पष्ट गरिएको छ।
अल्लाहले आस्थावान् व्यक्तिलाई यसरी स्थिरता प्रदान गर्नुहुन्छ: - संसारमा: ईमान (आस्था) मा अडिग रहन र सिधा मार्गमा हिँड्नका लागि। - मृत्युको समय: एकेश्वरवाद (तौहीद) माथि दृढ रहँदै मृत्युलाई अँगाल्नका लागि। - कब्रमा: फरिश्ताहरूको प्रश्नोत्तरको बेला पनि सत्यमा अडिग रहनका लागि। यसरी, अल्लाहले आस्थावान्लाई जीवनका यी तीन महत्त्वपूर्ण अवस्थाहरूमा स्थिरता प्रदान गर्नुहुन्छ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

