त्यो व्यक्ति हामी मध्ये होइन, जसले अशुभ शगुन मान्यो वा जसको लागि अशुभ शगुन लिइएको छ, जसले ज्योतिषीको काम गर्यो वा जसको लागि ज्योतिषीको काम गराइयो, जसले जादू गर्यो वा जसको लागि जादू गराइयो
Choose an available translation of this Hadeeth
Hadeeth text
इमरान बिन हुसैन (रजियल्लाहु अन्हा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "त्यो व्यक्ति हामी मध्ये होइन, जसले अशुभ शगुन मान्यो वा जसको लागि अशुभ शगुन लिइएको छ, जसले ज्योतिषीको काम गर्यो वा जसको लागि ज्योतिषीको काम गराइयो, जसले जादू गर्यो वा जसको लागि जादू गराइयो । जसले गाँठोमा झारफुक / जन्तर मन्तर गर्यो र जो कुनै ज्योतिषीकहाँ गयो र उसले भनेको वचनलाई सत्य मान्यो भने उसले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरित शरीयतलाई अस्वीकार गर्यो ।
Explanation
पहिलो : "जसले अशुभ शगुन लियो (अथवा यसमा विश्वास गर्यो) वा जसको लागि शगुन लिइएको छ ।" यसको अर्थ: अरबहरूले यात्रा, व्यापार जस्ता कुनै पनि काम सुरु गर्दा चरालाई उडाउने गर्दथे । यदि चरा दायाँ तिर उड्यो भने यो एक शुभ संकेत मान्ने गर्थे र आफूले चाहेको काम गर्न जान्थे । तर यदि चरा बायाँतिर उड्यो भने, यो एक अशुभ संकेत मान्थे र आफूले चाहेको कुराबाट टाढिन्थे । वास्तवमा, यो निषेधित काम हो, न त आफैले गर्न मिल्छ न अरुद्वारा गराउन । यसमा हरेक प्रकारको शगुन समावेश गरिएको छ, चाहे त्यो कुरा सुन्ने वा देख्नेसँग सम्बन्धित होस्, चाहे त्यो पंक्षी होस्, जनावर होस्, शारीरिक अपाङ्गता भएका मानिस होस्, कुनै विशेष संख्या होस् वा दिन वा अरु केही ।
दोस्रो: जसले आफैले ज्योतिषीको काम गरेको छ वा कसैबाट गराएको छ । तसर्थ, जसले नक्षत्र, ताराहरू आदिको सहायताले अदृश्य कुरा थाहा पाएको दाबी गर्छ वा अदृश्य कुरा जान्ने दाबी गर्ने व्यक्तिकहाँ गएर उसको कुरालाई सत्य हुने विश्वास गर्दछ भने त्यस्तो व्यक्तिले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)माथि अवतरित शरीयतलाई अस्वीकार गर्यो ।
तेस्रो: "जसले जादू गर्यो वा अरुद्वारा जादू गरायो ।" कसैको हित गर्ने वा कसैलाई हानि पुयाउने उद्देश्यले जादु गर्ने वा जादु गराउने वा अवैध मन्त्र इत्यादि जप गरेर धागो आदिमा गाँठो लगाएर फुकाउने वा
टुनामुना गर्ने व्यक्ति ।
Benefits
नदेखेको कुरा थाहा पाएको दाबी गर्नु बहुदेववाद हो र तौहीदको (एक इश्वरवाद) विपरीत हो ।
ज्योतिषीले भनेका कुरालाई सत्य मान्नु र ज्योतिषीहरूकहाँ जानु हराम हो । यसै सन्दर्भमा हत्केला र प्याला (कचौरा) हरू पढ्ने र व्यक्तिको सौभाग्य र दुर्भाग्यलाई नक्षत्रसँग जोड्ने आदि कार्यहरू पनि समावेश छन्, यद्यपि यी जानकारी प्राप्तको लागि भए पनि निषेध छ ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

